आर्थिक 📈

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ८ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा कायम… पुरा पढौ

सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

कञ्चनपुर, ८ भदौ । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४… पुरा पढौ

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं। ७ भदौ। नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ । एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय… पुरा पढौ

मार्जिन कारोबार विस्तार गर्न दुई ठूला कम्पनले रु ३ अर्ब ऋण लिने

काठमाडौं, ७ भदाै । मार्जिन कारोबार सेवा विस्तार गर्न नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब र कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै यो बाटो खुलेको हो। ब्रोकर कमिसनमा मात्र निर्भर नभई ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्ने लक्ष्यका साथ यी कम्पनीहरूले मार्जिन कर्जालाई प्राथमिकतामा राखेका हुन् । केयर रेटिङ्स नेपालबाट ‘केयर–एनपी ए३’ रेटिङ पाएको दक्षिणकालीले यो रकम… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ, ७ भदौ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहनुभएको छ । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उहाँहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ । कतारमा छ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यस्तै उदाहरण हुन् । सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट अहिले मासिक सयौ किलो सुकुटी… पुरा पढौ

चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौ, ७ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमतिपश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा,… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राकाे भाउ

काठमाडौं, ७ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम… पुरा पढौ

साढे दुई दशकपछि गुञ्जियो लुमको आवाज

हेटौँडा, ७ भदौ। लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो । जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ । “हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”, अमात्यले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।” सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाडौँबाट हेटौँडा… पुरा पढौ

रु २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा, ७ भदौ। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु… पुरा पढौ

काठमाडौंमा १८औँ नाडा अटो शो: इभीको तीव्र वृद्धि र पूर्वाधारको चुनौतीबारे बहस

काठमाडौं, ७ भदाै । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा रहने भएका छन्। तर, यो प्रदर्शनी केवल नयाँ प्रविधिको प्रदर्शनमा मात्र सीमित नरही नेपालमा तीव्र रूपमा भइरहेको विद्युतीय सवारी (इभी) रूपान्तरण र यसले निम्त्याएका व्यावहारिक चुनौतीहरूबारे छलफल गर्ने थलो बन्ने भएको छ। इभी बजार र पूर्वाधारको अवस्था आयात र बजारको स्थिति: नेपालमा हालसम्म करिब ६३,००० विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट र बाँकी… पुरा पढौ