आर्थिक 📈

व्यवसायीको मनोबल खस्कियो, अर्थतन्त्रको ‘रिइन्जिनियरिङ’ आवश्यक: अध्यक्ष श्रेष्ठ

काठमाडाैं, ९ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योगी-व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँमा आयोजित ‘नाडा अटो शो २०२६’ को भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले भोगिरहेको संकट र सरकारको शिथिलतातर्फ ध्यानाकर्षण गराएका हुन्। सम्बोधनका क्रममा श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी र निजी क्षेत्रको सुस्तता केवल अस्थायी समस्या मात्र नभई संरचनात्मक कमजोरीको उपज भएको उल्लेख गरे। बैंक तथा वित्तीय… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ९ भदौ। स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो । पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ९ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम… पुरा पढौ

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाख आम्दानी

सुनसरी, ९ भदौ। आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिनुभएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट… पुरा पढौ

विमानस्थलबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौं, ८ भदौ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो । अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती… पुरा पढौ

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं, ८ भदौ। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।… पुरा पढौ

नेप्से १९.१३ अंकले घट्यो, ३ अर्ब २३ करोडको कारोबार

काठमाडौं, ८ भदाैं। माडा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झरेको छ। कारोबार अवधिमा नेप्सेले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गर्दै सोभन्दा केही तल झरेपनि अन्तिम समयमा सोही विन्दु नजिकै पुगेर बन्द भएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले ओरालो लागेका छन्। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको शेयर खरिदबिक्री… पुरा पढौ

कर्णालीमा ८६० मेगावाटका तिला-१ र तिला-२ जलविद्युत आयोजनाको वित्तीय लगानी सुनिश्चित

काठमाडौं, ८ भदाै। कर्णाली प्रदेशको कालीकोटस्थित तिला नदीमा निर्माण हुने तिला–१ र तिला–२ जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ। कुल ८६० मेगावाट क्षमताका यी दुई ठूला अर्धजलाशययुक्त (पिकिङ) आयोजनाको ऋण लगानी सुनिश्चित भएसँगै निर्माणको बाटो खुलेको हो। आयोजनाको मुख्य विवरण: तिला–२ जलविद्युत आयोजना (४२० मेगावाट): प्रवर्द्धक: ऊर्जा तिला पावर कम्पनी कुल लागत: ७० अर्ब ७ करोड रुपैयाँ (७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी) ऋण लगानी: एभरेस्ट बैंकको नेतृत्वमा ११ वटा बैंक तथा वित्तीय संस्थाबाट ५२… पुरा पढौ

कपिलवस्तुमा १२ करोड लगानीमा खुल्याे तेल उद्योग

कपिलवस्तु, ८ भदौ । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो । प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उहाँले दाबी गर्नुभयो । उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’… पुरा पढौ

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं, ८ भदौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो… पुरा पढौ