आर्थिक 📈

चालु ८ महिनाको अवधिमा बजेट घाटा १ खर्ब ३७ अर्ब, व्यापार घाटा ९ खर्ब २९ अर्ब

काठमाडौँ, १० चैत । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा समस्या रहेको र त्यसलाई सुधार गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए। हालै राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’मा… पुरा पढौ

बेसीशहरमा ग्लोबल आइएमई लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

पाेखरा, १० चैत । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड बेसीशहर शाखा लमजुङले शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ। ग्लाेवल मनी वीकका अवसरमा संस्थामा आबद्ध सदस्य महिला दिदीबहीनीहरु, अभिभावक तथा कर्मचारीहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनाेद पराजुलीले परिवार तथा समाजमा सकरात्मक सोँचको विकाश गराउने उद्देश्यले सदस्य तथा अभिवाकहरुलाई कार्यक्रमबाट केही न केही नयाँ कुरा सिकी भविष्यको लागि आइपर्ने समस्याहरुलाई समाधान गर्न बचत तथा आय सिर्जना गरि सबैले वित्तीय अनुशासन कायम… पुरा पढौ

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

धुलिखेल, १० चैत । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइको हो । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए। कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए ।… पुरा पढौ

ग्लोबल आइएमई बैंकद्धारा पोखराको इन्फोम्याक्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम

पोखरा, ९ चैत । ग्लोबल आइएई बैंक लिमिटेड सभागृह शाखाले ग्लोवल मनी विकको अवसरमा पोखराको इन्फोम्याक्स कलेजमा डिजिटल बैंकिङ्ग सम्बन्धी वित्तिय साक्षारता कार्यक्रम गरेको छ । कार्यक्रममा डिजिटल बैंकिङ्गमा हुन सक्ने फडको बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको शाखा प्रवन्धक भुवन वाग्ले बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता दिएको बताए । बाहिर रहेका विभिन्न लक्षित वर्गहरु ग्लोबल आइएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम,… पुरा पढौ

राष्ट्रिय भूमि आयोग विघटन, मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन

काठमाडौं, ९ चैत । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। “आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनःगठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “सम्भवतः एक साताभित्र पुनः अर्को भूमि आयोग गठन हुन्छ ।” सदाका लागि आयोग विघटन नगरिएको उनले स्पष्ट पारिन्… पुरा पढौ

अनौपचारिक क्षेत्रका श्रमिककाे लागि बित्तीय साक्षरता सम्पन्न

पोखरा, ९ चैत । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणले श्रमिकहरुको दैनिक जिवनमा केहि न केहि योगदान दिने बताउँदै दिन प्रतिदिन आर्थिक कारोबारमा सर्तकता हुन सिकाउने विश्वास व्यक्त गरिन् । प्रशिक्षक तथा अध्यक्ष याम बहादुर रानाभाटले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई लक्षित यस प्रकारका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैकिङ क्षेत्रमा… पुरा पढौ

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच ठूला पूर्वाधार आयोजनाबारे छलफल

काठमाडौं, ९ चैत । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त कोष (आइएफसी) का प्रतिनिधिसमेत सहभागी थिए। त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल र नेपाल… पुरा पढौ

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कल (इलाम), ९ चैत । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।” घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी खेती विस्तार गर्ने… पुरा पढौ

सुनमा १३ सयले गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं, ९ चैत । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १३ सयले गिरावट भएको जनाएको छ । चाँदीमा रुपैयाँ ५५ ले घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १३ सयदले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

शुक्रबार अमेरिकी डलरको भाउ घट्यो, यूराे बढ्यो

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्यको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७४ पैसा र बिक्रिदर… पुरा पढौ