आर्थिक 📈

स्रोत र सीमामा रहेर सन्तुलित बजेट ल्याउनेछौं: अर्थमन्त्री पुन

काठमाडौं, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरेका थिए। “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री पुनले भने, “निर्वाचन क्षेत्रमा न्यूनतम सन्तुलन कायम गर्नेगरी स्रोतसाधन र सीमाभित्र रहेर बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ ।” उनले आगामी बजेटमा… पुरा पढौ

सिद्धार्थ क्यापिटलकाे नेपालगन्जमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं, ८ चैत। सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा “वित्तीय साक्षरता कार्यक्रम” गरेको छ । विश्व वित्तीय सप्ताह, २०२४ को अवसरमा विद्यार्थीहरुमा उचित लगानीको निर्णय लिन आवश्यक पर्ने शीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएकाे छ । उक्त वित्तीय साक्षरता कार्यक्रममा ७० जना बिद्यार्थीको सहभागिता रहेकाे थियो । कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए। उनले विद्यार्थीहरुलाई शेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे प्रकाश… पुरा पढौ

नेप्सेमा १८.११ अंकको गिरावट, ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं, ८ चैत । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.११ अंकले घटेर २०४५.८३ विन्दुमा झरेको छ । नेप्सेमा ०.८७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घटेर ३६४.८८ विन्दुमा रहेको छ । १३ उपसमिूहहरुमध्येमा एउटामा मात्रै हरियो लागेको छ । आर्थत आज व्यापार उपसमूहमा मात्रै हरियो लागेको हो । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड १० लाख मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे छ । केन्द्रीय बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनकाे लागि मुद्दति निक्षेपमा साे रकम लगानी गर्न लागेको हो ।  बैंकले आफ्ना विभिन्न कोषहरुमा रहेकाे रकम बिभिन्र बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपका लागि लगानी गर्न लागेकोले मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिहिबार चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम र साे… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख २७ हजार

काठमाडौं, ८ चैत । बिहिबार सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेकोको हाे । छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ६ सयले बढेको छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २६ सयले बढेर तोलाको १ लाख २७ हजार ८ सय रुपैयााँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७६ पैसा र… पुरा पढौ

रिडी पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ८ चेत । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन लगानीकर्ताका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लगानीकर्ताले यसदिन बैंकिङ समयसम्म आवेदन पेश गर्न बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएकाे छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० रेसियाेमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । अर्थात रू १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद जारी गरिएकाे हाे ।… पुरा पढौ

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलाम, ८ चैत । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेकाे ६ वर्ष भएकाे छ। उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने, “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।” राईमात्र होइन साङपाङ टोल… पुरा पढौ

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

मुग्लिन, (चितवन) ८ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकेको उनले बताए। गाउँपालिकाले… पुरा पढौ

ग्लोबल मनी विकको अवसरमा ग्लोबल आइएमई लघुवित्तले गर्याे वित्तिय साक्षरता कार्यक्रम

पाेखरा, ७ चैत । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सिमराभवानीपुर शाखाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को आज तेश्रो दिन बृन्दावन नगरपालीका–२ विश्रामपुर, रौतहटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले नेपाल माध्यमिक विद्यालय विश्रामपुर, रौतहटमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे हाे । कार्यक्रममा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व, वित्तीय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग, आम्दानी,… पुरा पढौ