आर्थिक 📈

सुनको भाउ ६ सयले घट्याे, चाँदीमा पनि गिरावट

काठमाडौं, २१ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर… पुरा पढौ

पूर्वी नाकाबाट साढे ३ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा, २१ माघ । पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोड ५ लाख १२ हजार बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य देशको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२… पुरा पढौ

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएको तर अझै जोखिम कायम : आईएमएफ

वासिङ्टन, २० माघ । आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताए। वासिङ्टन डी.सी.मा रहेको आइएमएफको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताए। आईएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान… पुरा पढौ

विद्युत प्राधिकरण महोत्तरीद्वारा ६ महिनामा ५ करोड बढी राजस्व सङ्कलन

महोत्तरी, २० माघ। नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा ५ करोड बढी राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले ५ करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व सङ्कलन गरेको हो । उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ। विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । ६ महिनामा २ सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८… पुरा पढौ

नारायणी किनारमा नेपाली चियाको प्रदर्शनी र टेस्टिङ हुने

चितवन, २० माघ । माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सहीरूपमा… पुरा पढौ

बैंकको ब्याज दुई पक्षको सहमति नभई बढाउनु हुँदैन : अध्यक्ष ओली

काठमाडौं, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति बिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताए । “बैंकबाट नौ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ”, अध्यक्ष ओलीले भने, “उक्त… पुरा पढौ

साल्ट ट्रेडिङ कर्पोरेसनकाे खुद नाफा ९०.१६ प्रतिशतले बृद्धि

काठमाडौं, १९ माघ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद नाफा ९०.१६ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे हाे । कम्पनीले गएकाे वर्ष १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।  कम्पनीकाे नाफा रूपैयाँ ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेकोमा बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ । अन्य आम्दानी रूपैयाँ १ करोड ७३… पुरा पढौ

तल्लो सेती जलविद्युत आयोजनाले वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गर्ने

तनहुँ, १९ माघ। वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने याेजनाका साथ तनहुँमा निर्माण हुने १ सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ। तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो। इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढाइएको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण… पुरा पढौ