आर्थिक 📈

हिमालयन रि इन्स्योरेन्सकाे आइपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, २ पुस । हिमालयन रि इन्स्योरेन्सकाे सेयर (आइपीओ)मा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेकाे छ । यसअघि कम्पनीले माग गरे अनुसारकाे आवेदन नपरेपछि आइतबार म्याद थपेर पुस ११ गतेसम्मकाे समय ताेकिएकाे थियो । तर आइतबार मागभन्दा बढी आवेदन परेपछि आजसम्म सेयर भर्न पाइने भएकाे हाे । आइतबार साँझ ५०ः०९ बजेसम्म १४ लाख ६० हजार ११७ लगानीकर्ताले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । जाे सर्वसाधारणका लागि जारी भएको सेयरकाे मागभन्दा १.१२ गुणा… पुरा पढौ

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको तयारी

काठमाडौं, २ पुस । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, कृषिमन्त्री डा बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री… पुरा पढौ

करसम्बन्धी व्यवस्थाकै कारण १३ अर्ब राजस्व उठेको सरकारको दाबी

काठमाडौं, २ पुस । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको सरकारको दाबी छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाएका थिए । सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ । आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले… पुरा पढौ

विपी राजमार्गबाट १६ टन प्याज बरामद

काभ्रेपलाञ्चोक, २ पुस । काभ्रेपलाञ्चोकको काभ्रेञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो । पुरा पढौ

नेप्सेमा २७.७५ अंकको बृद्धि, सवा ५ अर्बको कारोबार

काठमाडौं, १ पुस । केहि दिनदेखि नेप्सेको लय सकारात्मक बन्दै गएकाे छ । यसले लगानीकर्ताहरुमा सकारात्मक सन्देश संचार गराएको छ भने उनीहरुको मनोबल बढाएको छ । नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति तथा यहिबेलामा बैंक वित्तीय संस्थाहरुले ब्याजदर घटाएको सन्दर्भमा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको देखिन्छ । साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार नेपाली सेयर बजारमा देखिएको सकारात्मक लय, नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा उक्लिनुले प्रष्ट भएको छ । नेप्सेमा १.३९ प्रतिशतले बृद्धि भएको छ… पुरा पढौ

५ महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

काठमाडौं, १ पुस । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटको तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको… पुरा पढौ

सलकपुरमा ६ करोडको सुन्तला बिक्री, व्यापारी बारिमै पुगे

इलाम, १ पुस । इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन्। उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए। करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो । “राम्रो उत्पादन गर्न सक्यो भने… पुरा पढौ

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत निर्माण सम्पन्न

लमजुङ, १ पुस । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै ४० प्रतिशत निर्माणकार्य बाँकी रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग, छ हजार ८०० किलोमिटर सुरुङमार्गमध्ये चार… पुरा पढौ

सुन तोलामा १८ सय ५० ले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, १ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।छापावाल सुनमा रुपैयाँ १८ सय ५० ले घटेको छ भने चाँदीमा रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १८ सय ५० ले गिरावट भई तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराे र अन्य देशकाे मुद्राको भाउमा फेरबदल भएकाे छैन । यसदिनकाे भाउ स्थिर रहेकाे राष्ट्र बैंकले जनाएकाे को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को… पुरा पढौ