आर्थिक 📈

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली, २३ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिन्छ भने। उनले भने, “सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पुर्याउने संस्थाका… पुरा पढौ

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत

काठमाडौं, २२ माघ । राष्ट्रियसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेस गरे । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका थिए । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गरे। यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट कृषि तथा… पुरा पढौ

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट), २२ माघ । अर्थमन्त्री डा प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएको बताएका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताए। “विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो”, अर्थमन्त्री महतले भने, “आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ… पुरा पढौ

नेप्सेमा १४.५७ अंकको बृद्धि, २ अर्ब ४३ करोडको कारोबार

काठमाडौं, २२ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।नेप्सेमा आएको सकारात्मक माहोलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९५ अंकले बढेर ३७९.२८ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेको ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३१० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

चिलिमे हाइड्रोपावरकाे नाफा घट्नुमा यस्ताे छ कारण

काठमाडाैं, २२ माघ । चिलिमे हाइड्रोपावरकाे नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफामा २.०६ प्रतिशतले घटेकाे छ । विद्युत बिक्री आम्दानी र खुद नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा कम हाे । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म विद्युत बिक्रीबाट रूपैयाँ ६१ करोड २० लाख कमाएकाे छ । याे नाफा गएकाे आर्थिक वर्षको सोही समयकाेभन्दा २.०६ प्रतिशतले कमि हो। गएकाे वर्ष कम्पनीले रू ६२ करोड ४८ लाख कमाएकाे थियो।… पुरा पढौ

सोमबार सुनचाँदी दुबैको भाउ घट्यो

काठमाडौं, २२ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशको मुद्राको भाउ घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

उदयपुर, २१ माघ । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवलोकन गरेकाे उद्योग प्रशासनले जनाएको छ । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गरेपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् । उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन गरेपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् । उद्योगको अनुगमनपछि… पुरा पढौ

नेप्सेमा ५.३१ अंकको गिरावट, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं, २१ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६० अंकले घटेर ३७३.३२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९२ लाख ७२ हजार ७ सय ८२… पुरा पढौ

इच्छाकामनाले ल्यायाे गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता

भरतपुर, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बिमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिए । उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका… पुरा पढौ