आर्थिक 📈

यो आर्थिक वर्षमा मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी, २२ मङ्सिर । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको… पुरा पढौ

मौद्रिक नीतिको त्रैमासिक समीक्षा: शेयर र घरजग्गा धितोमा उदार बन्यो केन्द्रीय बैंक

काठमाडौं, २२ मंसिर ।अर्थतन्त्रलाई केही चलायमान बनाउन सहयाेग पुग्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको छ। केन्द्रीय बैंकले कर्जा बिस्तारमा सहयोग पुग्ने केही नीतिगत व्यवस्थासहित शुक्रबार पहिलो त्रैमासिक समीक्षा गरेको हो। शेयर र घरजग्गा धितोमा लचक बन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेको बताएकाे छ । केन्द्रीय बैंकले शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।… पुरा पढौ

कारोबार हुने अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जानकारी दिएको छ । चाँदीको भाउ भने बिहिबारकै कायम भई कारोबार भईरहेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३ पैसा र… पुरा पढौ

स्वावलम्बन लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, २२ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनानका लागि संस्थाले बुकक्लोज गरेपछि नेप्सेले संस्थाकाे सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे जनाएकाे छ । आज नेप्सेले लघुवित्तको १२.३५ प्रतिशत बोनस सेयर समायोजन गरेको जनाएकाे छ । मूल्य समायोजन भएपछि लघुवित्तको सेयरमूल्य ६४० रुपैयाँ ८९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो दिनकाे कारोबार भएकाे अन्तिम मूल्यकाे आधारमा नयाँ मूल्य कायम गरेकाे हाे । बिहीबार दोस्रो बजारमा प्रतिकित्ता… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई ब्यक्ति पक्राउ

काठमाडौं, २२ मङ्सिर । त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेका सूचनाका आधारमा… पुरा पढौ

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन, २२ मङ्सिर । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए ।… पुरा पढौ

लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी

नवलपरासी, २२ मङ्सिर । लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने बताए । मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताए। विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार… पुरा पढौ

विदेश छाडेर बाख्रा र माहुरीपालनमा व्यस्त मतिलाल वन

गलकोट, २१ मङ्सिर । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन्। बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गर्नुभएन विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्केका थिए । जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य… पुरा पढौ

नेप्सेमा ११.७३ अंकको बृद्धि, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ ।एउटा व्यापार उपसमूहबाहेक सबै १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेमा आएको सकारात्मक सुधारले लगानीकर्ताहरुको मनोबल बढेको छ । तर बजार स्थायी रुपमा नै उकालोको यात्रामा जान्छ भन्नेमा ढुक्क हुने अवश्था छैन । सेयर बजारमा बिगतदेखिका कतिपय मुद्दाहरु यथावत् रहेका छन् भने मौद्रिक नीतिको समिक्षा कस्तो आउने हो त्यो पनि पखाईको विषय भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक… पुरा पढौ