आर्थिक 📈

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २४ मंसिर । पाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबैले मंसिर २५ गते भाेलि बुकक्लोज गर्ने जनाएका छन्। बुकक्लोजकाे मिति तय भइसकेकाेले सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधीनहरूले मात्रै साधारणा सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न याेग्य हुनेछन्। नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल,… पुरा पढौ

आईतबार अमेरिकी डलर र यूरोसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, २४ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२… पुरा पढौ

अर्बौ रकम भित्र्याउने चिया व्यवसाय किन पर्याे सङ्कटमा ?

झापा, २४ मङ्सिर । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए। उनले भने, “सरकारले समयमै चियालाई चाहिने मलसहितका… पुरा पढौ

सहज ट्रेड सहकारीकाे अध्यक्षमा ताम्राकार चयन

पाेखरा, २३ मंसिर । पाेखराकाे सहज ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । सो समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला, सचिव माधव प्रसाद तिमिल्सेना ,कोषाध्यक्ष विश्व तण्डुकार ,सदस्यहरुमा मचराजा मर्हजन कल्पना शर्मा, रक्छे लामा रहेका छन् । लेखा समिति संयोजक राजु श्रेष्ठ,कमल कुमार प्रधान ,रामनारायण श्रेष्ठ रहेको समितिलाई निर्वाजन संयोजक बरिष्ठ अधिबक्ता दामाेदर अधिकारीले सपथ गराएका थिए । सो अधिवेशनको शुभारम्भ गदै सहकारीका संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाले सहकारी… पुरा पढौ

भरतपुरमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरू सकारात्मक

चितवन, २३ मंसिर । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक देखिएका छन् । भरतपुर–२२ को सोल्टी वेष्ठर्न होटलमा भएको लाईभ तथा अनलाईन अन्तरक्रिया कार्यक्रममा उनीहरूले भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १ सय ३० जना विदेश लगानीकर्ताले सो कार्यक्रममा भाग लिएका थिए । भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मस छ्यान्जाओका कार्यकारी अध्यक्ष चोङ्ग… पुरा पढौ

दूध बिक्री बापतको २२ करोड किसानले भुक्तानी पाएनन्

चितवन, २३ मङ्सिर । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए। उनले भने, “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ ।” हरेक १५–१५ दिनमा दूधको भुक्तानी… पुरा पढौ

सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेलाई कारवाही गर्ने सेबाेनकाे चेतावनी

काठमाडाैं, २३ मंसिर । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ । सेबाेनले विभिन्न सामाजिक संजालमा, फेसबुक, युट्युब, क्लबहाउस् लगायतका सामाजिक सञ्जालमार्फत सेयर खरिद बिक्रीका बारेमा वजारलाई प्रभाव पार्ने काम गरेकाे भन्दै कारबाहीकाे चेतावनी दिएकाे हाे । नेप्से परिसूचक तथा नेप्सेमा सूचिकृत संगठित संस्थाको सेयरमूल्य घट्ने, बढ्ने बारेमा टिकाटिप्पणी हुने गरेकाे र यसले बजारलाई प्रभावित पार्ने भएकाेले र यसका विरूद्ध उजुरी परेको जनाउदै सेबाेनले कारवाही गर्ने चेतावनी दिएको हो । JgZwxk32nf70SmIIekxnnujJZL9tVNTHpU4h0rIO-1Download बोर्डले… पुरा पढौ

शनिबार डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र… पुरा पढौ

नेपाल उद्योग परिसङ्घले पुस ७ गते ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं, २३ मङ्सिर । नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो । स्टार्टअपलाई… पुरा पढौ

पाेखरामा ठगी मुद्दामा जनप्रतिनिधिसहित चार पक्राउ

पाेखरा, २३ मङ्सिर । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति रु १३ हजार पाँच सय उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए। पक्राउ पर्नेमा वडा सदस्य… पुरा पढौ