आर्थिक 📈

अर्थतन्त्र सुधारका लागि सरकारका यस्ता छन् निर्णय

काठमाडौं, ६ मङ्सिर । सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा भएको छलफलपछि निर्णयअनुसार सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत… पुरा पढौ

डा थापाको जीवनीमा आधारित ‘राष्ट्र-परराष्ट्र’ पुस्तक सार्वजनिक

काठमाडौं, ५ मङ्सिर । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ । विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित… पुरा पढौ

कोप-२८ मा क्षतिपूर्तिको माग दाबी हुन्छ : अर्थमन्त्री महत

काठमाडौं, ५ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनको तयारी चुस्त पारिएको छ । सम्मेलनमा नेपालको तयारीका लागि आज काठमाडौँमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा नेपाल सरकारका मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सरोकारवाला सरकारी निकायका पदाधिकारी… पुरा पढौ

नेप्सेमा २३.८२ अंकको गिरावट, करिब १ अर्बको कारोबार

काठमाडौं, ५ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे छ । एउटा बाहेक बाँकी १२ वटै उपसमूहहरु राताम्मै हुँदा लगानीकर्ताहरुको मनोबल घटेको छ । लामाे समयदेखि अर्थ बजारमा आशा गरेअनुरुप सुधार हुन नसकेपछि सरकारले यतिबेला सरकारी तथा निजि क्षेत्रसंग छलफल गरिरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४८ अंकले घटेर ३५२.०५ विन्दुमा रहेको छ ।… पुरा पढौ

सुन तोलाको १ लाख १६ हजार २ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, ५ मंसिर । मंगलबार सुनको भाउ बढेर नयाँ उचाईमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।… पुरा पढौ

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा, ५ मङ्सिर । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेकोे हो । रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार… पुरा पढौ

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरुआत

गोरखा, ५ मङ्सिर । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरे। अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए। वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको… पुरा पढौ

अभियान लघुवित्तकाे खुद नाफा ऋणात्मक, खुद ब्याज आम्दानी पनि घटयाे

काठमाडौं, ५ मंसिर । अभियान लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा ऋणात्मक देखिएको छ। संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार साे अवधिमा खुद नाफा ऋणात्मक देखिएको हाे । लघुवित्तकाे यस आर्थिक वर्षको असोजसम्म खुद नाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ। गएकाे आर्थिक वर्षमा याे नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो। संस्थाकाे खुद ब्याज र खुद फि तथा कमिशन आम्दानी घटेपछि खुद नाफामा त्यसकाे नकारात्मक असर देखिएकाे हाे । संस्थाकाे खुद ब्याज आम्दानी… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र… पुरा पढौ

डिजिटल वालेटको कारोबार भुक्तानी सफल नभए १ दिनमै रकम फिर्ता गर्नुपर्ने

काठमाडौं, ५ मंसिर । डिजिटल वालेटबाट कारोबार गर्दा साे काराेबारकाे भुक्तानी सफल नभए १ दिन मै पैसा फिर्ता गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । यस्तो अवस्थामा यसअघि पैसा फिर्ता गर्न वालेट कम्पनीहरुले ३ देखि ५ दिनसम्म लगाउने गर्दथे । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले अब डिजिटल वालेट काराेबारकाे भुक्तानी सफल नभएमा एक दिनभित्रै पैसा फिर्ता गर्नु पर्ने बताएका छन । विदेशमा भएको कारोबार भए ३०… पुरा पढौ