आर्थिक 📈

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाकाे लागि तयारी गर्दै राष्ट्र बैंक

काठमाडाैं, ११ मंसिर । केन्द्रीय बैंक यतिबेला मौद्रिक नीतिको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाको लागि तयारी गरिरहेकाे छ। बैंकले यही हप्तामा समिक्षा गर्ने तयारी सुरू गरेकाे हाे । गएकाे आर्थिक वर्षमा मंसिर ११ गते आजकै दिन मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएकाे थियो। याे वर्ष चाडपर्वकाे कारण मौद्रिक नीतिको समीक्षा गर्न ढिलाे भएकाे हाे । बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि अन्तर निकायहरूमा छलफल गरिसकेकाेले अब यसकाे उच्च व्यवस्थापनकाे स्तरमा छलफल गरिरहेकाे छ । साे छलफलबाट आउने… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, १ अर्ब ७५ करोडकाे काराेबार

काठमाडौं, ११ मङ्सिर । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय… पुरा पढौ

सुन तोलाको १ लाख १७ हजार ४ सय पुग्यो

काठमाडौं, ११ मंसिर । लगातार सुनचाँदीको भाउमा बृद्धि भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै रेकर्ड कायम गरेको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँमा… पुरा पढौ

बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

त्रिवेणी (नवलपरासी), ११ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ भन्ने नीतिअनुरूप जिल्लामा सुरु भएका योजनामा पर्याप्त बजेट नहुँदा काम सम्पन्न हुनसकेको छैन । ढोडेनी खानेपानी योजना, झ्याल्टुङ्गडाँडा खानेपानी योजना, भागर खानेपानी… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र… पुरा पढौ

मङ्सिर २१ गतेदेखि चौथो जिम्मेवार व्यवसाय सम्मेलन हुँदै

काठमाडौं, ११ मङ्सिर । यही मङ्सिर २१ गतेदेखि काठमाडौँमा ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’ आयोजना हुने भएको छ । नेपालका उद्योग व्यवसायको बदलिँदो परिस्थिति र यस क्षेत्रमा देखिएका उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवार ढङ्गले कसरी अघि बढ्न सकिन्छ भनेर दुईदिने सम्मेलन आयोजना गर्न लागिएको आयोजक राष्ट्रिय व्यावसायिक पहलले जनाएको छ । सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले व्यावसायिक वातावरणको विद्यमान अवस्था, सम्बोधन गर्नुपर्ने विषय र अबको बाटोबारे सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। सम्मेलनमा समाज, अर्थतन्त्र… पुरा पढौ

वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

काठमाडौं, १० मङ्सिर । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए। “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय… पुरा पढौ

एक महिनापछि नेप्सेमा उछाल, २ अर्ब बढीको कारोबार

काठमाडौं, १० मंसिर । एक महिनापछि नेपाल स्टक एक्सचेन्जमा उछाल आएकाे छ । नेप्से परिसूचक १९०० विन्दुभन्दा माथि उक्लिएकाे छ। गएकाे कात्तिक २ गते नेप्से १९०० विन्दु माथि गएर बन्द भएको थियाे । त्यसपछि आज नेप्से १९०० विन्दुभन्दा माथि उक्लिएकाे हाे । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि अंकले बृद्धि भएर सेयर बजारमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुको मनोबल बढेको छ । सरकारले पनि यहि समयमा सरकारी अर्थसरोकार राख्ने निकालय तथा नियमन निकायका अधिकारीहरु र नीजि… पुरा पढौ

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

दमौली (तनहुँ), १० मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्। कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन् । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन्। उनले भने, “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली… पुरा पढौ

सुन ताेलाकाे १ लाख १७ हजार नजिक, चाँदीमा पनि बृद्धि

काठमाडौं, १० मंसिर । आज आईतबार सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १६ हजार ९ सयमा कारोबार भईरहेको छ यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार… पुरा पढौ