आर्थिक 📈

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले… पुरा पढौ

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म ल्याउदै राष्ट्र बैंक

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा यही हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ । बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही हप्ता सार्वजनिक गर्ने तयारी रहेकाे बताएका छन् । मिति नताेकिए पनि संभवत : शुक्रबारसम्म समीक्षा सार्वजनिक गर्ने तयारी गरिएकाे छ । अब बैंक सञ्चालक समितिले अन्तिम स्वीकृती दिएपछि सार्वजनिक गरिने भएकाे हाे । अर्थतन्त्र राम्ररी नसप्रेकाे अवस्थामा राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषय पर्खाइ… पुरा पढौ

स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको शाखा बिस्तार

काठमाडाैं, १४ मंसिर । सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा संचालनमा ल्याएकाे छ । बैंकका ब्राण्ड एम्बास्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उक्त नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा श्रेष्ठले पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा ल्याएकाेमा बधाई दिए । साथै उनले सबल, सक्षम तथा विश्वसनीय बैंकको रुपमा रहिरहनु पर्नेमा जाेड दिए । संचालक, रमेश कुमार पोखरेलले सानिमालाई ग्राहकले विश्वास गरेर नै यहाँसम्म ल्याएकाे बताए… पुरा पढौ

लिबर्टी माइक्रो लाइफ इन्स्याेरेन्सकाे लघुबीमा साक्षरता कार्यक्रम

पोखरा, १३ मंसिर । पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुबिमा साक्षरता अभियान शुरू गरेको छ । पोखराको ताल बाराही माविका कक्षा ११ का विधार्थीबीच लघुजीवन बिमा परिचय, बिमाका सिद्धान्त, फाइदा, बिमामा जोडिन सक्ने प्रक्रिया, बिमासँग सम्बन्धित समयसामयिक विषयवस्तुमा केन्दित रहेर एक कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा कम्पनीको गण्डकी, लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौडेल, गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले विद्यार्थीबीच अन्तक्रिया गरेका थिए । बिमाको मुलधारमा समावेश हुन नसकिरहेका विपन्न, न्यून आय भएका वर्गका… पुरा पढौ

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच सहकार्य हुने

काठमाडौं, १३ मंसिर । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता सम्पन्न भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका प्रशान्त ताम्राकारले हस्ताक्षर गरेका थिए। सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५०… पुरा पढौ

नेप्सेमा १७.९३ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अन्य उपसमूह बाहेक सबै १२ वटैमा रातोका लागेको छ । सेयर नकारात्मक लयमा जाँदा लगानीकर्ताहरुको मनोबल घटेको छ नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.९४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ३५८.८९ विन्दुमा रहेको छ । यसदिन नेप्सेमा १३ उपसमूहरुमध्ये अन्य उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा… पुरा पढौ

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज, १३ मङ्सिर । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । “हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने। उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू… पुरा पढौ

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

कञ्चनपुर, १३ मङ्सिर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भई जन्मने बालिकालाई नगरपालिकाले बचत खातामार्फत रु दुई हजार रकम उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो । गर्भमा रहेका छोरीको भ्रूण हत्या निरुत्साहित गर्न, छोरीमाथिको विभेद हटाउन, छोरीको जन्मदर्ता गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रतनबहादुर बिष्टले बताए। बालिका स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्र, आमाको नागरिकताको प्रतिलिपि, बालिका जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाल बचत… पुरा पढौ

अब काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण निषेध

काठमाडौं, १३ मंसिर। काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्णरुपमा निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको छ। कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले… पुरा पढौ

सुनकाे भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको पनि बढ्यो

कठमाडौं, १३ मंसिर । सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ