आर्थिक 📈

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग महत्वपूर्ण हुनेछः अध्यक्ष ढकाल

काठमाडौं, २५ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामुहिक प्रयासमार्फत् अघि बढ्नुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा अध्यक्ष ढकालले भने, “अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एकै ठाउँमा आएर सामुहिक रुपमा अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर आउनका लागि पहल गरौँ । निजी क्षेत्रका तर्फबाट महासङ्घले यसको सुरुआत गरिसकेको छ ।” समयमै सही नीति लिन नसकेका कारण अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा… पुरा पढौ

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौं, २५ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए । “भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भने, “सिँचाइ,… पुरा पढौ

नेप्सेमा २०.१६ अंकको गिरावट, १ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २५ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा नकारात्मक असर देखिएको छ । नेप्सेमा भईरहने बारम्बारको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । यसदिन कुल २९२ वटा कम्पनीहरुको सेयर कारोबार भएको… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताए । “अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत अभिव्यक्ति आवश्यक छ । आर्थिक सुधारको नयाँ आयाम सुरु गर्नका लागि सुझाव र मार्गदर्शन आवश्यक पर्ने भएकाले त्यस्तो… पुरा पढौ

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७… पुरा पढौ

चालु आवको २ महिनामा काठमाडाैं महानगरपालिकाद्वारा १ अर्ब १७ करोड राजस्व संकलन

काठमाडौं, २५ असोज । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका छन। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको… पुरा पढौ

बेरुजु फर्छ्याैटका लागि सम्परीक्षणको प्रक्रिया शुरु

काठमाडौं, २४ असोज । पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया शुरु भएको छ। सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसदका महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु फर्छ्याैटका लागि सम्परीक्षणको प्रक्रिया शुरु गरिएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण र कागजातको आधारमा गरिने फर्छ्याैटसम्बन्धी… पुरा पढौ

नेप्सेमा ५.१६ अंकको बृद्धि, १ अर्ब माथिकाे काराेबार

काठमाडौं, २४ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले बढेर ३६२.०८ विन्दुमा रहेको छ । कुल १३ उपसमूहरुमध्ये तीन वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २८६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ३३ हजार ५२४… पुरा पढौ

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं, २४ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेको छ । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ