आर्थिक 📈

सुन तोलाकाे १ लाख १३ हजार पुग्याे, चाँदीमा पनि बृद्धि

काठमाडौं, २८ असोज । बडादसैंको पहिलो दिन घटस्थापनाको दिन आज सुनचाँदीको भाउमा भारी बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैया २ हजार ९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ४५ ले बढेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ९ सयले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको… पुरा पढौ

भण्डारणकाे सुविधाले स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी, २८ असोज । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए। “पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले… पुरा पढौ

आज अमेरिकी डलर र यूरोकाे भाउ स्थिर, अन्यको कति ?

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।… पुरा पढौ

भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक

काठमाडौं, २७ असोज । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ । प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिला सुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रुपमा उल्लेख गरिएको… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्याे, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध

मोरक्को, २७ असाेज । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गरे । भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो… पुरा पढौ

१८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

काठमाडौं, २६ असाेज । राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने बताएकाे छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिनकाे लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएकाे हो । साे बील असोज ३० गते जारी हुने भएकाे छ । यसका लागि सोमबार असाेज २९ गते अपरान्ह ३ बजे बोलकबोल गरिने भएकाे छ । बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको बिल नवीकरण गर्ने भएकाे छ । यो बिल माघ २ गते परिपक्व हुने… पुरा पढौ

अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २६ असोज । साताको सुनचाँदीको कारोबार हुने आज छैटौं अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । सुनमा रुपैयाँ ६ सयले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले गिावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको दोस्रो साधारण सभा सम्पन्न

काठमाडाैं, २६ असाेज । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ। उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकाे छ । साथै सभाले सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९- ०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेकाे छ । विशेष… पुरा पढौ

नबिल ब्यालेन्स्ड फन्ड-२ काे लाभांश कात्तिक १ देखि वितरण हुने

काठमाडौं, २६ असाेज । नबिल ब्यालेन्स्ड फन्ड–२ काे नगद लाभांश वितरणकाे तयारी गरिएकाे छ । साे फन्डले इकाइधनीलाई कात्तिक १ गतेदेखि नगद लाभांश वितरण गर्ने बताएकाे हाे । फन्डको योजना व्यवस्थापककाे रुपमा रहेकाे नबिल इन्भेष्टमेन्ट बैंकिङले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन अनुराेध गरेकाे छ। लाभांश पाउनका लागि इकाइकाधनीहरुले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गराउनु पर्नेछ ।  यस्तै अहिलेसम्म डिम्याट खाता नखोलेकाहरुले खाता खोलेर इकाईकाे डिम्याट गर्नुपर्नेछ । यसरी खाता अद्यावधिक गरेपछि लाभांश… पुरा पढौ