आर्थिक 📈

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौं : अर्थमन्त्री

पाटन(ललितपुर), ३१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उजले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकुल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताए । “देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा २‍.९२ अंककाे बृद्धि

काठमाडौं, ३१ भदाै । आज आइतबार साताको सेयर काराेबार हुने पहिलो दिन हाे । यसदिनकाे प्रि ओपन सेसनले सकारात्मक सन्देश दिएकाे छ । नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २.९२ अंकले बढेकाे छ। नेप्सेकाे अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.३९ विन्दुमा उक्लिएकाे थियाे । आज नेप्से प्रि ओपन सेसनमा २.९२ अंकले बढेर २००९.९८ विन्दुमा चढ्दा सेन्सेटिभ इण्डेक्स स्थिर देखिएकाे छ। यसदिनकाे प्रि ओपन सेसनमा ३५ वटा कम्पनीहरुकाे १२ हजार ८२८ कित्ता सेयरकाे खरिदबिक्रीबाट ६३ लाख… पुरा पढौ

आईतबार सुनचाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा ५ सयले बढेर तोलाको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

मल्टीपर्पस फाइनान्सकाे हकप्रदमा सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ भदाै । मल्टीपर्पस फाइनान्स लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। फाइनान्सले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । फाइनान्सले हाल कायम रहेकाे ०० कित्ता बराबर नयाँ ३५ कित्ता सेयर खुलाएकाे हाे । फाइनान्सले चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १५ लाख ८२ हजार कित्ता सेयर जारी गरेकाे हाे । सेयर निष्काशनकाे… पुरा पढौ

डेढ करोड लागतमा छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न

म्याग्दी, ३१ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो । सात वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म… पुरा पढौ

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी, ३१ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए। उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन् । छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन् । चिसो हावापानी… पुरा पढौ

साताको शेयरबजार बिष्लेषण: ४ दिनमा ५ अर्ब बढिकाे कारोबार

काठमाडौं, ३० भदौ । याे साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल ४ दिनको कारोबारमा ३ दिन बढेको बजार १ दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता ४ दिनमा कूल ५ अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात… पुरा पढौ

विदेशीएका नेपाली फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बन्दै

काठमाडौं, ३० भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले आज संयुक्तरुपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले १६औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए। उपाध्यक्ष डा श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्याे, यूरोसहित अन्यको घट्यो

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य केहि देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर… पुरा पढौ