आर्थिक 📈

जीविका सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न

पोखरा, ३ असोज । जीविका बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपुर मार्गमा रहेको संस्थाले पोखराका १३ वटा वडाहरुलाई आफ्नो कार्य क्षेत्र बनाई सेवा दिदै आईरहेको छ । संस्थाका कार्यबाहक अध्यक्ष महाबिर थापाको अध्यक्षतामा भएको सभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै सभाले कोषाध्यक्ष बलराम पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रस्ताबित आय, व्यय विवरण पारित गरेको छ । साथै… पुरा पढौ

सिटिजन्स बैंकले पायाे ३ अर्बकाे ऋणपत्र निष्काशनकाे अनुमति

काठमाडौं, ३ असाेज । नेपाल धिताेपत्र बाेर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि सिटिजन्स बैंकलाई स्वीकृति दिएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ मूल्यमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बाेर्डबाट अनुमति पाएको हो । यस ऋणपत्र यसकाे अवधि १० वर्षका लागि रहेकाे छ । बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक बोन्ड' नाममा ऋणपत्र जारी गर्न लागेको हो । कुल इकाईबाट १२ लाख इकाई सर्वसाधारणका लागि खुलाइने भएकाे छ । बाँकी रहने १८ लाख इकाई बैंक आफैले विभिन्न संघ संस्थाहरूलाई… पुरा पढौ

काराेबार हुने तेश्रो दिन सुनचाँदीको भाउ घट्यो

काठमाडौं, ३ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको १ हजार १०० मिटर सुरुङ निर्माण

तनहुँ, ३ असोज । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण गरिएको छ । कूल एक हजार चार सय ५६ मिटर सुरुङमध्ये अब तीन सय ५६ मिटर दूरी खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगतितर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति… पुरा पढौ

नेप्सेमा १६.२४ अंकको बृद्धि, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं, २ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८२ प्रतिशतले बृद्धि हुँदा सन्सेटिभ इण्डेक्स २.४३ अंकले बढेर ३८१.१७ विन्दुमा रहेको छ । यसदिन कुल २७२ कम्पनीहरुको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ ५०… पुरा पढौ

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गरिने

काठमाडौं, २ असोज । भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, भारतमा नियमित रुपमा निर्यात हुन थालेको र बङ्गलादेशमा समेत निकट भविष्यमा नै निर्यातका लागि सम्झौता हुन लागेकाले यसलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा चित्रण गर्न लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आइतबार बुझाइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाले ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १.२३ अंककाे बृद्धि

काठमाडौं, २ असाेज । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । नेप्से परिसूचक १.२३ अंकले बढेकाे हाे । अघिल्लाे दिन सोमबार नेप्से परिसूचक ४.२६ अंकले बृद्धि भएर १९६९.१८ विन्दुमा उक्लिएकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से १.२३ अंकले बढेर १९७०.४१ विन्दुमा चढेकाे छ। उता सेन्सेटिभ इण्डेक्स ०.३२ अंकले बढेको छ। आजकाे प्रि ओपन सेसनमा २० वटा कम्पनीहरुकाे ९२१ कित्ता सेयरकाे खरिदबिक्रीबाट ४ लाख ६४ हजार… पुरा पढौ

काँक्रो र तरकारीबाट वार्षिक १५ लाख आम्दानी गर्दै भरत चौधरी

कञ्चनपुर, २ असोज । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन्। “एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उनले भने, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको… पुरा पढौ

सुन तोलाको १ लाख १३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ १ हजार ५० तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १ हजार ५० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजार ५०… पुरा पढौ