आर्थिक 📈

शनिबार अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।… पुरा पढौ

श्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन : उद्योग परिसङ्घ

काठमाडौं, २ भदौ । नेपाल उद्योग परिसङ्घले सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गरिएकाे साे व्यवस्थाप्रति असहमतप जनाउदै परिसङ्घले एक विज्ञप्ति जारी गरी नयाँ पारिश्रमिक लागू गर्न नसकिने जनाएको हो । “सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा परिसङ्घको ध्यानाकर्षण भएको छ”, जारी विज्ञप्तिमा भनिएको छ, “श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक… पुरा पढौ

अन्तिम दिन सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौं, १ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । यसदिन सुनको भाउ बिहिबारकै कायम गरिएको छ । चाँदीको भाउमा भने रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै फेरबदल भएको छैन । महासंघले बिहिबारकै भाउ कायम भइ काराेबार भइरहेकाे जनाएको छ । आज छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि… पुरा पढौ

तारागाउँ रिजेन्सी होटल्सकाे नाफामा शतप्रतिशत बृद्धि

काठमाडौं, १ भदाै । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडकाे नाफामा शतप्रतिशत बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा शतप्रतिशत बढेको हाे । कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्ममा ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । जाे अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा १००.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा १९ करोड ५ लाख थियो। कम्पनीको सञ्चालन मुनाफा ९९.७१ प्रतिशतले बढेर १ अर्ब… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ

भदौ १८ गतेदेखि माथिल्लो तामाकोशीकाे हकप्रद सेयर खुल्दै

दोलखा, १ भदाै । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले सूचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान… पुरा पढौ

अन्तिम दिन नेप्सेमा ८.०१ अंकको बृद्धि, साढे १ अर्बको कारोबार

काठमाडौं, ३२ साउन । केहि दिनको अन्तरालपछि नेप्सेमामा सकारात्मक माहोल खडा भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा ८ अंकको बृद्धि भएको छ । कारोबार रकममा खासै उल्लेखनीय बढोत्तरी भने भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्द’मा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढेर ३८७.३८ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहहरु मध्येमा एउटामा रातो लागेको छ । बाँकी १२ वटा… पुरा पढौ

गण्डकीमा पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार

पाेखरा, ३२ साउन । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए। स्याउखेती विस्तार… पुरा पढौ

पाेखरामा ६ अर्ब लगानीमा पाँचतारे होटल बनाउदै बाराही ग्रुप

काठमाडौं, ३२ साउन । हस्पिटालिटी क्षेत्रमा ४ दशकको अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने योजना छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हजार दुई सय जना क्षमताको सभाहलसहितको उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.८५ अंककाे बृद्धि

काठमाडौं, ३२ साउन । साताको सेयर काराेबार हुने अन्तिम दिन बिहिबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८५ अंकले बढेकाे छ । बुधबार नेप्सेमा २०.३१ अंककाे गिरावट भइ नेप्से २०२५.१२ विन्दुमा झरेको थियाे । आज प्रि ओपन सेसनमा नेप्से ०.८५ अंकले बढेर २०२५.९८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ। आजकाे प्रि ओपन सेसनमा १६ वटा कम्स्टपनीहरुकाे १ हजार ८०९ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ४ लाख ९२ हजार ७४ रुपैयाँ ६० पैसा बराबरको काराेबार भएकाे… पुरा पढौ