आर्थिक 📈

तस्करीको ७ करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी, १९ साउन । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो । भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९÷८० मा भारतसँग… पुरा पढौ

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गरौं : अर्थमन्त्री डा महत

वीरगञ्ज, १८ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए । मन्त्री डा महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा… पुरा पढौ

सरकारले विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने

काठमाडौं, १८ साउन । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त परियोजनाका लागि १५ लाख ५५ हजार पाँच सय पाँच अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । उक्त बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं… पुरा पढौ

आव २०७९-८० मा कोशी प्रदेशमा ५२ करोड राजस्व सङ्कलन

विराटनगर, १८ साउन । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिए । गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला… पुरा पढौ

नेप्सेमा ३ अंकको बृद्धि, शिवम सिमेन्ट कारोबारमा अब्बल

काठमाडौं, १८ साउन । साताको अन्तिम सेयर कारोबार हुने दिन आज बिहिबार नेप्सेमा सकारात्मक माहाृल देखिएको छ । बजार बन्द हुनुभन्दा केहि मिनेट अघिसम्म दोहोरो अंकको गिरावटको दृश्य देखिएको थियो । बजार बन्द हुँदाको बखतमा भने सेयर बजारले सकारात्मक टर्निङ लिएको छ । कारोबार रकम भने अघिल्ला दिनहरुकोभन्दा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनु्सार नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.१५ अंकले बढेर ३९९.५४ विन्दुमा… पुरा पढौ

आइएमई लाइफ र रिपब्लिक मिडियाकाे सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १८ साउन । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाकाे सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । आज दुबै कम्पनीकाे सर्वसाधारण तथा संस्थापकहरूकाे सेयर नेप्सेमा सूचीकृत गरिएकाे नेप्सेले जनाएकाे छ । आइएमई लाइफ इन्स्योरेन्सका अनुसार कम्पनीकाे ४ करोड कित्ता सेयर सूचीकृत भएको हाे । कम्पनीले सर्वसाधारणका लागि जारी गरेकाे १ करोड २० लाख कित्ता सेयर तथा संस्थापकहरुकाे लगानी रहेकाे २ करोड ७० लाख कित्ता सेयर सूचीकृत गरिएकाे हाे । 1691042718892Download नेप्सेले पहिलो कारोबार गर्नका लागि न्युनतम १७६ रुपैयाँ… पुरा पढौ

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान

गलकोट, १८ साउन । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन,… पुरा पढौ

पाँचौ दिन सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय रुपैयामा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायत अन्य देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४४ पैसा… पुरा पढौ

महासङ्घद्वारा निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १८ साउन । सम्पन्न भइसकेका कामको समेत भुक्तानी सरकारले रोकेको भन्दै आन्दोलनरत निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीद्वारा विभिन्न माग राखी भइरहेको आन्दोलनबारे ध्यानाकर्षण भएको जनाएको हो । “कूल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको निर्माण व्यवसाय क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई समग्र अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी… पुरा पढौ