आर्थिक 📈

अन्तिम दिन सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, २९ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १० ले भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १… पुरा पढौ

मिड सोलु हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २९ भदाै । मिड सोलु हाइड्रोपावरकाे सेयर आईपीओ मा आजदेखि आवेदन दिन पाइने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि सेयर खुलाएकाेले सेयर भर्न सकिने भएकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर बाँडफाँड भइसकेकाे छ । कम्पनीले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड गरिसकेको छ। ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता विदेशमा रोजगार… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्दै, अन्यको कति ?

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी… पुरा पढौ

दुग्ध तथा दुग्धजन्य परिकार खुला रूपमा बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौं, २९ भदौ । काठमाडौं महानगरपालिका अन्तरगतकाे कृषि तथा पशुपंक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ। विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत डा अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन। “खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम संञ्चय तथा बिक्री वितरण गर्नुका साथै… पुरा पढौ

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

काठमाडौं, २८ भदौ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो । सुझाव कार्यदलको प्रतिवेदनले सहकारी संस्थामा एकै व्यक्ति र परिवारभित्र कूल पूँजीकोषको दश प्रतिशतभन्दा बढी कर्जाहरू केन्द्रीकृत भएको रहेछ भने त्यसलाई छ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन दिइनुपर्ने सुझाव… पुरा पढौ

२५ मेगावाटको सेती जलविद्युत्को परीक्षण उत्पादन सुरु हुँदै

पाेखरा, २८ भदौ । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो । यसको लागत रु पाँच अर्ब रहेको छ । आयोजनाको सिभिलतर्फ हेडवक्र्सको सबै काम सकिएको छ । त्यसैगरी पाइपलाइन… पुरा पढौ

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सनको भाउ स्थिर रहेको छ । चाँदीमा सामान्य रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा परिवर्तन भएको छैन । चाँदीमा रुपैयाँ ५ ले घटेर कारोबार भईरहेको छ । छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो… पुरा पढौ

आज सार्वजनिक बिदा भएकाेले सेयर काराेबार नहुने

काठमाडौं, २८ भदाै । नेपाल सरकारले आज सार्वजनिक बिदा दिएकाे कारण सेयर बजारकाे काराेबार नहुने भएकाे छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरू बन्द हुने भएकाेले काराेबार नहुने भएकाे छ । तत्कालित संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे अन्त्येष्टिको दिन बिहिबार आज सरकारले सार्वजनिक विदा दिएकोले सेयर बजार लगायतका अर्थका क्षेत्रहरूमा काराेबार नहुने भएकाे हाे । शुक्रबार सेयर बजारमा काराेबार नहुने भएकाेले अब काराेबार आइतबार खुल्नेछ । बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा उक्लिएकाे थियाे… पुरा पढौ

बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी… पुरा पढौ

सिभिल क्यापिटलको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २७ भाद्र । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज भाद्र २७ गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारा, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो । यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००:३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको बताइएकाे छ । पुरा पढौ