आर्थिक 📈

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन, १९ साउन। भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज (विद्युत् प्रवाह) गरेको हो । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिनुभयो । विद्युत्… पुरा पढौ

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउनु पर्छ-इप्पान

काठमाडौं, १९ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । भेटका क्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको… पुरा पढौ

सवारी कारबाहीबाट रु १ करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली, १९ साउन। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको… पुरा पढौ

डिजिटल करेन्सीलाई कानुनी मान्यता दिने गरी राष्ट्र बैङ्क ऐन संशोधन हुँदै, क्रिप्टो भने गैरकानुनी नै रहने

काठमाडाैं, १८ साउन । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समावेश गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा विधेयकमाथि भएको दफावार छलफलका क्रममा केन्द्रीय बैङ्कले जारी गर्ने डिजिटल मुद्रालाई कानुनी मान्यता दिने र निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने गैरकानुनी नै राख्ने स्पष्ट पारिएको छ। विधेयकको नयाँ व्यवस्थाअनुसार ऐनको दफा २ को उपदफा ४ को खण्ड (झ) मा ‘करेन्सी’को परिभाषा परिमार्जन गरिँदै छ। हालको ऐनमा कागजी… पुरा पढौ

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं, १८ साउन। पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार (समाज), नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज आयोजना गरेको ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमइज’ अध्यन प्रतिवेदन सार्वजनिक तथा नीतिगत छलफल’ कार्यक्रममा पूर्वअर्थमन्त्री खनालले आर्थिक सङ्कटको सामना गरिरहेको ‘एमएसएमई’ को संरक्षण र प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको हो ।… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, सोमबार भने १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको हो। नेप्से घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेका छन्। नेप्से सूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार… पुरा पढौ

हिमालयन लघुवित्तको नाफामा ४९ प्रतिशतले बृद्धि

काठमाडौं, १८ साउन । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा, आम्दानी, लाभांश क्षमता र प्रतिशेयर आम्दानी (EPS) मा आकर्षक सुधार देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ करोड १४ लाख रुपैयाँ रहेको नाफाको तुलनामा यो ४९.१८ प्रतिशतको वृद्धि हो। नाफामा आएको… पुरा पढौ

महुली लघुवित्तको नाफा १० गुणा बढ्यो, प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ नाघ्यो

काठमाडौं, १८ साउन । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा, खुद ब्याज आम्दानी, लाभांश क्षमता र खराब कर्जा नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख रुपैयाँ मात्र रहेको नाफाको तुलनामा यो १०३६.४६ प्रतिशत अर्थात् १० गुणाभन्दा बढीको वृद्धि हो। समीक्षा… पुरा पढौ

आईसिएफसि फाइनान्सको नाफा २०.६७ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा १४ करोड नाघ्यो

काठमाडौंं, १८ साउन । आईसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानीमा सुधार आए पनि खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेकोमा गत वर्ष नाफा २०.६७ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज… पुरा पढौ

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा), १८ साउन। पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५… पुरा पढौ