आर्थिक 📈

किन पछि सर्याे मौद्रिक नीति जारी हुने मिति ?

काठमाडौं,२ साउन। नेपाल राष्ट्र बैंकले जारी गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देश बाहिर रहेकाले मौद्रिक नीतिकाे जारी मिति पछि सरेकाे हाे। गभर्नर सहित नेपाल राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल समेत देश बाहिर रहेका र तयारी गर्न अझै केहि समय लाग्ने भएकाे हुदाँ याे साता मौद्रिक नीति सार्वजनिक नहुने भएको बताइएकाे छ। सम्पत्ति शुद्धीकरणका विषयकाे कार्यक्रममा भाग लिन गभर्नर अधिकारीको नेतृत्वमा ३० जनाको टोली अहिले क्यानडामा छन।… पुरा पढौ

मंगलबार सुनको भाउमा बृद्धि, चाँदीको स्थिर

काठमाडौं, २ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बृद्धि भएको छ । चाँदी सोमबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायत अन्य देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५७ पैसा… पुरा पढौ

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरेकाे थियाे । आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयरमा आवेदन दिने म्याद थपिएकाे छ। उनीहरुले साउन १७ गतेसम्म सेयरका लागि आवेदन दिन पाउनेछन्। जारी पूँजी ८० करोड रुपैयाँकाे ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरिएकाे हाे । यसका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५,… पुरा पढौ

अख्तियारद्वारा गत आवमा १ अर्ब ७७ करोडको बिगो दाबी

काठमाडौं, २ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो आवमा आयोगले कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दामा प्रतिवादीको सङ्ख्या सात सय ६० छन् । त्यसमा विशिष्ट श्रेणीका कर्मचारी एक, अन्य कर्मचारी तीन सय… पुरा पढौ

प्रभु क्यापिटलले ल्यायाे लाेयल्टी पोईन्टस् अफर

काठमाडाैं, १ साउन । प्रभु क्यापिटलले लाेयल्टी पोईन्टस् अफर संचालनमा ल्याएको छ। मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लाेयल्टी पोईन्टस् साथै रिफरल अफर लन्च गरेको हाे। ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको बताएकाे छ । क्यापिटलले याे अफर २०८० साल श्रावण ०१ गतेदेखि सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा… पुरा पढौ

नेप्से २१४४.१६ विन्दुमा उक्लियो, साढे २ अर्बको कारोबार

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो दिनमा नेप्सेमा उल्लासमय दृश्य देखिएको छ । नेप्सेमा देखिने यसप्रकारको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ भने अर्थबजारलाई चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्से परिसूचक ४७.०७ अंंकले बढेर २१४४.१६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स ९.९५ अंकले बढेर ४०४.१० विन्दुमा पुगेको छ । १३ वटा उपसमूहहरुमध्ये एउटामा रातो लागेको छ । बाँकी १२ वटामा हरियो लागेको छ । यसदिन… पुरा पढौ

१ सय ५४ पालिकाले बुझाएनन् बजेट पारितको विवरण

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत १ सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसोसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली… पुरा पढौ

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

काठमाडौं, १ साउन । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । आर्थिक वर्ष २०७८÷७९ कोभन्दा आव २०७९÷८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा रू नौ करोड ७९ लाख, भदौमा रू ११ करोड २५ लाख, असोजमा रू आठ करोड ७४ लाख ९४ हजार,… पुरा पढौ

वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज दिइने

काठमाडौं, १ साउन । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ । कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम सङ्कलन भएको छ । कोष सञ्चालक समितिको बैठकले आवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८ दशमवल ६० प्रतिशत व्याज लाग्ने निर्णय गरेको हो । धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक… पुरा पढौ