आर्थिक 📈

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं, १ साउन । नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन्। नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिए। बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्याैटमा ध्यान दिन… पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

सन नेपाल लाइफको आईपीओ आजदेखि खुल्ला

काठमाडौं, १ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आजबाट सेयर आईपीओ खुलाएकाे छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याउन स्वीकृति लिएकाे थियाे । कम्पनीले पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयरमा प्रतिकित्ता १३९ रुपैयाँ थपेर प्रतिकित्ता २३९ रुपैयाँमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका खुलाइएकाे हो। सेयर भर्न चाहने विदेशमा रहेका लगानीकर्ताले आवेदन दिने मिति साउन १५ गतेसम्म ताेकिएकाे छ । यसका लागि घटीमा १०… पुरा पढौ

डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ

महानगरद्वारा सुन्तला उत्पादक कृषकलाई साढे २५ लाख हस्तान्तरण

पाेखरा, १ साउन । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट रु एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा विगत चार वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। पछिल्लो डेढ दशकयता… पुरा पढौ

आयल निगमले डिजेलमा रु ५, पेट्राेलमा रु ६ र ग्यासमा रु १० ले भाउ घटायाे (मूल्यसूचीसहित)

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेपछि डिजेल, पेट्राेल र खाना पकाउने ग्यासकाे मूल्य घटाएकाे हाे । निगमकाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको सूचना प्रकाशन गरेकाे छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे निगमले जनाएकाे छ ।  मूल्य… पुरा पढौ

नेप्सेमा १२.१६ अंकको बृद्धि, २ अर्ब ३७ करोड कारोबार

काठमाडौं, ३१ असार । साताको सेयर कारोबार हुने पहिलो दिन तथा याे आर्थिक वर्षको सेयर कारोबार हुने अन्तिम दिन आइतबार नेपाली सेयरबजार सकारात्मक लयमा गएको छ । यसले लगानीकर्ताहरुको मनोवल बढाएको छ भने कारोबार समेत सन्तोषनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.१६ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २०९७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.९० अंकले बढेर ३९४.१५ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये ८ वटामा… पुरा पढौ

चालू आर्थिक वर्षमा बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

बैतडी, ३१ असार । बैतडीका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बतए। यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि रु पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै… पुरा पढौ

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार बने बाेहाेरा

पाेखरा, ३१ असार । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिए। भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले… पुरा पढौ

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान

काठमाडौं, ३१ असार । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन्। अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन्। अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनेछन् । नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन्… पुरा पढौ