आर्थिक 📈

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने आज घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६ पैसा र बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ

नेप्सेको उकालोको यात्रा यथावत, ३ अर्ब बढीको कारोबार

काठमाडौं, ३ साउन । केहि दिनदेखि लगातार नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार सकारात्मक लयमा देखिएपछि लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३३ अंकले बढेर ४१०.४६ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्येमा ५ वटामा हरियो लागेको छ । बाँकी ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २६०… पुरा पढौ

सुन तोलाको १ लाख १३ हजार १ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, ३ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५६… पुरा पढौ

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

काठमाडौं, ३ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेकाे अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए। नेपालमा… पुरा पढौ

कैलाली भन्सारमा किन उठेन लक्ष्यअनुसारकाे राजस्व ?

टीकापुर, ३ साउन । गत आर्थिक वर्षमा कैलालीका भन्सारमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेकाे छैन । कैलालीका भन्सार कार्यालयबाट गएको आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको देखिँदैन । दुई वटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७९-०८० मा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९-०८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने ८ अर्ब २९ करोड ६३… पुरा पढौ

व्यापार तथा लगानी सहजीकरण गर्न नेपाल र भारतका अर्थमन्त्रीहरू सहमत

काठमाडौं, २ साउन । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ । “अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई… पुरा पढौ

आवको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा सराेकारवालाकाे जाेड

काठमाडौं, २ साउन । विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको कार्यक्रममा आर्थिक वर्षको सुरुआती चरणमा चुप लागेर बस्ने तर अन्तिममा जुर्मुराएर खर्च गर्दा गुणस्तरीय काम नभएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका ज्येष्ठ सदस्य लालवीर चौधरीले रु १० करोडको आयोजनामा विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माण गर्न नै रु… पुरा पढौ

नेप्सेको उकालोको यात्रा कायमै, साढे ३ अर्बको कारोबार

काठमाडौं, २ साउन । नेप्सेको उकालोको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९‍.९१ अंकले बढेर २१५४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयरम बढेको छ… पुरा पढौ

नवलपुरमा उठ्यो रु २६ अर्ब ३१ करोड बढी राजस्व

त्रिवेणी, २ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए। उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ रु २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर रु ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु ३८… पुरा पढौ