आर्थिक 📈

किन गरियाे बुटवलका दुई सुन पसलमा सिलबन्दी ?

लुम्बिनी, १८ असार । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्सेमा ०.५७ अंककाे गिरावट

काठमाडौं, १८ असार । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक २०९६.७२ विन्दुमा राेकिएकाे । नेप्सेका अनुसार रुपैयाँ ६ लाख ६९ हजार बढीको सेयर कारोबार भएको छ । यसिदन प्री ओपनमा १७ कम्पनीको सेयर काराेबार भएकाे छ उनीहरुकाे ८ सय १७ कित्ता सेयर खरिदबिक्री भएको छ ।  नेप्सले २९ वटा कम्पनीकाे सेयर काराेबार भएकाे जनाएकाे छ । उनीहरुमा ९ कम्पनीको सेयरमूल्य बढेकाे छ भने… पुरा पढौ

किन राेकियाे साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार ?

काठमाडौं, १८ असार । एकापसमा गाभिएका साना किसान लघुवित्त बित्तीय संस्था र आरएमडीसी लघुवित्त बित्तीय संस्थाको सेयर कारोबार १५ दिनका लागि राेकिने भएकाे छ । दुबै संस्थाकाे सेयर काराेबार असार २४ गतेदेखि १५ दिनसम्म रोक्का गरिने भएकाे हाे । बुदै संस्था मर्जरमा गएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाे छ । दुबै संस्थाकाे संयुक्त मर्जर समितिले सेयर मिलान, धितोपत्रकाे पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणकाे प्रयोजनार्थ सेयर कारोबार रोक्का गर्नका लागि नेपाल… पुरा पढौ

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं, १८ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १ सयले घटेको जनाएको छ । चाँदीको भाउ स्थिर रहि आईतबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार… पुरा पढौ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, १८ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असार १९ गते मंगलबार असार १९ गते बुकक्लोज गरिने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । कम्पनीले जनाए अनुसार आजसम्म सेयरधनीहरुले नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्। कोषको २८ औँ सभासाधारण सभा असार ३१ गते बाेलाइएकाे छ… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ

सरकारले ऋृणको उपयोग गर्ने नीति लिएको छ: अर्थमन्त्री महत

काठमाडौं, १७ असार। अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएपछि सरकारले त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताएका हुन । उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताए । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने… पुरा पढौ

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १७ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन्। पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्केका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए। “आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर… पुरा पढौ

सेयर बजार राताम्मै, ५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ । यो गिरावट अर्धशतक पार गरेपछिकाे हो । अर्थात आईतबार सेयर बजारमा ५३.७० अंकको गिरावट भएको छ । यसले फेरि लगानीकर्ताहरुलाई झस्काएको छ । तर कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ । नयाँ सरकार बनेपछि आंशिक रुपमा सुधार हुँदै आएको सेयर बजारमा बेला बेला भएकाे करेक्सन लामो समय नजाने सेयर बजारका जानकारहरुले बताए पनि करेक्सनको प्रवृत्ति भने रोकिएको छैन । नेपाल स्टक… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पर्छ ?

काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको… पुरा पढौ