आर्थिक 📈

घलेम्दी हाइड्रोले पायाे २०० प्रतिशत हकप्रद सेयर निष्काशनकाे अनुमति

काठमाडौं, १३ असार । घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद सेयर निष्काशनकाे अनुमति पाएकाे छ । कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर खुलाउने अनुमति पाएको हाे । विद्युत नियमन आयोगबाट कम्पनीले १ बराबर २ को रेसियाेमा हकप्रद सेयर जारि गर्ने अनुमति पाएकाे हो। विद्युत नियमन आयोगका सचिव गोकर्ण राज पन्थका अनुसार कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बुधबार स्वीकृति पाएकाे हाे । कम्पनीले संखुवासभाकाे छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ काे रेसियाेमा हकप्रद… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, १३ असार । साताको सुनचाँदीको करोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

याे साताकाे सेयर काराेबार हुने आज अन्तिम दिन, अब असार १७ गतेमात्र खुल्ने

काठमाडौं, १३ असार । याे साताकाे लागि सेयर काराेबार हुने आज बुधबार अन्तिम दिन हाे। नेपाल सरकारले बिहिबार बकर इदकाे सार्वजनिक बिदा दिएकाेले काराेबार हुने छैन । शुक्रबार र शनिबार काराेबार नहुने भएकाेले अब सेयरकाे काराेबार आइतबार असार १७ गते मात्रै खुल्नेछ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्तिमा जारी गरी असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइएकाे जनाएका छन्। पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९५ पैसा बिक्रिदर १३१… पुरा पढौ

महालेखा नियन्त्रकद्वारा सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौं, १३ असार । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था… पुरा पढौ

पोखरा महानगरको ७ अर्ब, १५ करोडको बजेट पारित

पाेखरा, १३ असार । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइन। पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको थियो । चालु आवको बजेट ८ अर्ब, ९९ करोड दुई लाख २९ हजार रहेकामा असार ८ गतेसम्म रु तीन अर्ब… पुरा पढौ

नेप्से परिसूचक अर्धशतक माथि, साढे ५ अर्बको कारोबार

काठमाडौं, १२ असार । केहि दिनदेखि नेप्सेको उकालो यात्रा जारि रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा अर्धशतक पूरा भएको छ । १३ उपसमूहरुमध्ये १० वटा उपसमूहरुमा हरियाली छाएको छ । कारोबार रकम पनि सन्तोषजनक छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.४० अंकले बढेर ४१२.५१ विन्दुमा पुगेको छ । १३ वटा… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले… पुरा पढौ

अमेरिकी डलर र यूरोसहित बिदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रिदर १३१ रुपैयाँ ५७… पुरा पढौ

किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण

भरतपुर, १२ असार । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए। उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको बताए। चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई… पुरा पढौ