आर्थिक 📈

सकारात्मक लयमा सेयर बजार, ७.७९ अङ्कले बढ्यो नेप्से

काठमाडाैं, २९ जेठ । तीव्र उतारचढाव बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ७ दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर १ हजार ९ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रू दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन,… पुरा पढौ

असार ५ गतेदेखि आईपिओ जारि गर्दै थ्रीस्टार हाइड्रोपावर

काठमाडौं, २९ जेठ । थ्रीस्टार हाइड्रोपावरले सेयर आईपिओ निष्काशनकाे तयारी शुरु गरेकाे छ। कम्पनीले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर आईपिओ जारि गर्ने भएकाे हाे । कम्पनीका अनुसार १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारि गरिने भएकाे हाे । कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारि गरिसकेकाे छ । ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयरबाट ७३ हजार ८८७५ कित्ता वैदेशिक रोजगारमा… पुरा पढौ

सोमबार घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने दाश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो, अन्यको कस्ताे ?

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ घटेको छ । केहि देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ… पुरा पढौ

अर्थ विद्येयकको २६, २७ र २९ बुँदा खारेज गर्न परिसंघको माग

काठमाडौं, २९ जेठ । बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक विधेयक २०८०/८१ मा रहेका २६, २७ र २९ नम्बर बुँदा खारेज गर्न जाेडदार माग गरेको छ । परिसंघले सेयर बजारलाई प्रभावित पार्ने गरि साे विधेयक आएको भन्दै खारेज गर्न माग गरेको हाे। परिसंघले मर्जर तथा एक्विजिसन र एफपीओको प्रिमियमबाट लाभांश वितरण गर्ने कम्पनीलाई आयकर तिर्नुपर्ने व्यवस्थालाई पनि खारेज गर्न माग गरेको छ। आर्थिक विधेयकको बुँदा नम्बर २६ को ‘फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस… पुरा पढौ

गर्मीकाे असर : उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

बेदकोट, २९ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन्। उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जाेगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा… पुरा पढौ

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना शुरु

काठमाडौं, २९ जेठ । नेपाल सरकार र विश्व बैंकद्वारा आज संयुक्तरुपमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ । एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले संयुक्त रुपमा यस आयोजनाको शुभारम्भ गरे। यस आयोजनाले नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्न मन्त्री ज्वालाले विश्वास व्यक्त गरे। उनले भने, “यस आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा… पुरा पढौ

नेप्सेमा ४०.४८ अंकको बृद्धि, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आजको प्रि ओपन सेसनले संकेत गरेजस्तै र लगानीकर्ताको आकलन जस्तै सेयर बजार उकालोतिर गएको छ । सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०९ प्रशितले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.१० अंकले बढेर ३७०.५२ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहमध्ये सबैमा हरियो लागेको छ… पुरा पढौ

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताए । “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता… पुरा पढौ

बाहिरबाट बिरुवा भित्रिएपछि बजारीकरणको समस्या

रेसुङ्गा, २८ जेठ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय रहेका छन्। उनले भने, “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ”उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन । विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए… पुरा पढौ