आर्थिक 📈

डाबर नेपालले परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनमा ९ अर्ब ६८ करोड लगानी गर्ने

काठमाडौं, १४ वैशाख । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिए। उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको ऋणी पुर्नस्थापना कार्यक्रम

पाेखरा, १४ बैशाख। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको व्यवसाय पुर्नस्थापनामा सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाका समूहमा आबद्ध भई पेशा-व्यवसाय शुरु गरेका ऋणी सदस्यहरु जसले कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारणले व्यवसायलाई निरन्तरता दिन नसकी परियोजना बन्द गर्नुपर्यो उनीहरुको व्यवसायलाई पुर्नस्थापन गर्दै रोजगारी सृजना गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जाेशीले बताए । संस्थाले पहिलो चरणमा ९ वटा शाखाका ऋणी सदस्यहरुको व्यवसाय पुर्नस्थापनाको लागि आवश्यक सहयोग सामग्री वितरण गरेको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ७३ करोडमा खुम्चियो

काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार पनि नेपाली सेयरबजार नकारात्मक लयमा गएको छ। अझैंपनि सेयरबजार सकारात्मक लयमा जान नसक्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । दुई बाहेक बाँकी ११ वटै उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको हाे । कारोबार रकममा समेत गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४६ अंकले घटेर… पुरा पढौ

२७औं राष्ट्रिय चिया दिवस : वार्षिक साढे ३ अर्बको चिया निर्यात

काठमाडौं, १४ वैशाख । ‘राष्ट्रिय चिया दिवस’ को २७औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । यस वर्ष दिवसको नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ रहेको छ । दिवसका सन्दर्भमा अघिल्लो दिन आज काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेताबिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा… पुरा पढौ

१८ रोपनी जग्गामा पाँचभाइको सुन्तला खेती

गलकोट, १४ वैशाख । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैचामा परिणत भएको हो। कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभइले १८ रोपनी जग्गामा ५०० सुन्तलाका विरुवा लगाएका र ती विरुवाले आगमी वर्षदेखि उत्पादन दिन थाल्ने छन् । पैँतिस वर्षसम्म पढाउँदै आएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा… पुरा पढौ

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर, १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्। आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, “तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।” मन्त्री डा महतले… पुरा पढौ

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ सामान्य तलमाथि भएको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५३ पैसा बिक्रिदर १३१ रुपैयाँ १३ पैसा… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सत्तापक्ष र प्रतिपक्ष नभनौं : अर्थमन्त्री महत

काठमाडाैं, १३ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन । आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताए । “अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ… पुरा पढौ

१३.६८ अंकले घट्याे नेप्से, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, १३ वैशाख । अघिल्लो दिन उकालो लागेको सेयर बजारमा भोलिपल्टै करेक्सन भएको छ । साताको सेयर कारोबार हुने बुधबार चोथो दिन हो । यसदिन सबै सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम पनि अर्ब कट्न सकेन । नेप्सेको ओरालो लागिरहेको यस्तो अवश्थाले लगानीकर्तालाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा झरेको छ । नेप्सेमा ०.७२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.११ अंकले घटेर ३६१.५५ विन्दुमा पुगेको छ ।… पुरा पढौ

शिक्षा,स्वास्थ्य, वातावरण र सामाजिक सुरक्षामा महत्वपुर्ण उपलब्धि: प्रधानमन्त्री दाहाल

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्दै उनले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताए। “आन्तरिक उत्पादन न्यून भएकाले ठूलो मात्रामा वस्तु आयातका कारण व्यापारघाटा चुनौतीकै रूपमा रहेको छ । अर्कोतर्फ मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन… पुरा पढौ