आर्थिक 📈

नयाँ अर्थमन्त्रीलाई रातो कार्पेट, १८८८.५५ विन्दुमा झर्याे नेप्से

काठमाडौं, १९ चैत । नयाँ अर्थमन्त्री नियुक्त भईसकेपछि पनि सेयर बजारको पहिलो काराेबारले रातो झण्डा देखाएको छ अर्थमन्त्री नियुक्त भएको केहि बेरमै विद्यमान अर्थक्षेत्रका समस्या समाधान गर्न जरुरी रहेको बताए पनि बजार विश्वस्त हुन भने सकेन ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ विन्दुमा झरेको छ । नेप्सेमा १.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले घटेर ३५५.७५ विन्दुमा रहेको छ । यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ३७ करोड ८७ लाख २४१… पुरा पढौ

नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

धनकुटा, १९ चैत । निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् । तराईबाट उक्त २ जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् । विसं २०७० मा यस… पुरा पढौ

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।’ घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण… पुरा पढौ

व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी, १९ चैत । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हुँदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए । उनले… पुरा पढौ

किसान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १९ चैत । किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुक क्लोज गर्ने जनाएकाे छ। साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम हुने सेयरधनीहरु नै साधारण सभा र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्। साधारण सभाले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने… पुरा पढौ

पहिलाे दिन घट्यो सुनको भाउ, चाँदीमा बृद्धि

काठमाडौं, १९ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । यसदिन सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ । चाँदीको भाउ भने रुपैयाँ १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ६… पुरा पढौ

किसानलाई अनुदानमा कृषि उपकरण

बुटवल, १९ चैत । बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा उपकरण प्रदान गरिएको हो । मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ । बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई कृषि सामग्री हस्तान्तरण गरेका… पुरा पढौ

रु एक करोड ८९ लाख राजस्व सङ्कलन

वीरगञ्ज, १९ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए। यस्तै चालु आव २०७९÷८० को आठ महिनामा पर्सा जिल्लामा भएको दुई सय ८१ वटा सवारी… पुरा पढौ

मकर जितुमाया सुरी हाइड्रोकाे आईपीओ खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरकाे सेयर आईपीओमा आजदेखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ४९ हजार ४०० कित्ता सेयर जारि गरेकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर जारि भइसकेकाे छ । कम्पनीका अनुसार १४ लाख ४९ हजार ४०० कित्तामध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ३२ हजार २८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता… पुरा पढौ

कागतीखेतीबाट वार्षिक रु २० लाख आम्दानी गर्दै रुद्रमणि

पथरी, १९ चैत । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी। लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ । दुई बिघा क्षेत्रफल भाडामा लिएर… पुरा पढौ