आर्थिक 📈

आईएमईको आइपिओ निष्काशन र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौं, १३ वैशाख । आईएमई  लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ । आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए। आईएमईले  आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि  सार्वजनिक निष्काशन (आइपिओ) गर्न लागेको हो । आईएमईले  २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको… पुरा पढौ

सुनको भाउ २ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौं, १३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुनमा रुपैयाँ २०० ले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजाबी… पुरा पढौ

यार्सागुम्बा टिप्न मनाङवासी हिमाली भेगतिर

मनाङ, १३ वैशाख । बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन् । यससँगै माथिल्लो मनाङअन्तर्गत खाङ्सारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्नने गरेको… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ सामान्य तलमाथि भएको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७७ पैसा बिक्रिदर १३१ रुपैयाँ ३७ पैसा… पुरा पढौ

अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ : परिसङ्घ

काठमाडौं, १३ वैशाख । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको हो । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए। उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे। परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत… पुरा पढौ

१९०५ विन्दुमा उक्लियो नेप्से, कारोबारमा शिवम सिमेन्ट अब्बल

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सुधार भएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमध्ये एउटा म्युचुअल फण्डमा मात्रै रातो लागेको छ । यो समूहको सेयर घटेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुको सेयर… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १२ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले बढेको हो । चाँदीको भाउ स्थिर रहि सोमबारकै भाउमा खरिदबिक्री भईरहेको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको… पुरा पढौ

सपोर्ट लघुवित्तको नाफा ४२.८८ प्रतिशतले घट्याे

काठमाडौं, १२ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे नाफा ४२.८८ प्रतिशत कम देखिएकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार अधिकांश सूचकहरु घटेका हुन । यस आर्थिक वर्षको चैतसम्म ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। यो अघिल्लाे आर्थिक वर्षको सोही अवधिको भन्दा ४२.८८ प्रतिशतले कम देखिएकाे छ । गत वर्ष संस्थाले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट भएपछि… पुरा पढौ

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशकाे मुद्राकाे भाउ घटेकाे छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा बिक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ… पुरा पढौ

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौं, १२ वैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। वैशाख १२ गते (मंगलवार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको… पुरा पढौ