आर्थिक 📈

महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, २८ चैत । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। संस्थाको साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गरिने भएकाे छ। साधारण सभामा सहभागि हुन र लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार गरि कायम भएकाे हुनु पर्नेछ । सभाबाट १४.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनकाे लागि ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै एफपीओ निष्काशन, मर्जरकाे कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १… पुरा पढौ

दोल्ती पावरकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २८ चैत । दोल्ती पावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर आईपीओ जारि गरेकाे छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि आईपीओ निष्काशन गरिसकेकाे छ। कम्पनीका अनुसार १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा जारि गर्नका लागि राखिएकाे थियो। यसमा १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि बितरण भइसकेकाे छ । ६८… पुरा पढौ

बाँझो जमिनमा फलफूल खेती

ढोरपाटन, २८ चैत । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो… पुरा पढौ

डलरसहित विदेशी मुद्राको विनिमय दरमा सामान्य बृद्धि (मूल्यसूची)

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ… पुरा पढौ

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

भक्तपुर, २८ चैत । प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा हालसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक रु ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए। महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन,… पुरा पढौ

अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दावी गरेका छन् ।नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व संकलनमा वृद्धि, पूँजिगत खर्चमा सुधार देखिएको बताएका छन् । अर्थतन्त्रमा केही सुधार देखिएपनि ट्रयाकमा भने आईनसकेको दाहालको भनाई छ । यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) १. सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा चेम्बरका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मुलुकको उद्योग–व्यापारको विकास र विस्तारमा… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ९१ करोडमा सिमित

काठमाडौं, २७ चैत । अर्थमन्त्री डा.प्रकाशसरण महतले अर्थतन्त्र सुधारको लागि अधिकतम प्रयास भईरहेको बताउँदै आएका छन् । सोमबार मात्रै भन्सारका अधिकारीहरुसंग छलफल गर्दै राजश्व संकलनमा भईरहेको कमिको बारेमा जानकारी दिएका छन् । उनले राजश्व चुहावटलाई रोक्न र भन्सार असुलीमा कडाई गर्न अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । सेयर बजारको गिर्दो अवश्थालाई सकारात्मक लयमा ल्याउने सरकारको ध्येय रहेको बताईरहँदा आज भने नेपाली सेयर बजारले सुधारको संकेत गरेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरुमा… पुरा पढौ

भन्सार अधिकारीहरुलाई नतिजा दिनेगरी काम गर्ने अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २७ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।” महतले भने । आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख… पुरा पढौ

लगानीमैत्री वातावरण बने प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री डा. ली

काठमाडौं, २७ चैत । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे। कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गर्नुभएका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए। उनले दक्षिण कोरियाले सही नेतृत्वका… पुरा पढौ