आर्थिक 📈

नेप्सेमा ९२.२२ अंकको बृद्धि, करिब २ अर्बको कारोबार

काठमाडौं, २९ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा देखिएको हरियाली वातावरणले लगानीकर्ताहरु उत्साही भएका छन् । यतिबेला सरकारले पनि आकार लिईसकेको र अर्थमन्त्री डा रामशरणले महत बजार सुधारको लागि लागिपरेको बताईरहँदा लगातार दोश्रो दिन पनि सेयर बजारले उकालोको यात्रा तय गर्दा अब यसको निरन्तरताको अपेक्षा गर्न थालिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ४.९३ प्रतिशतले बृद्धि हुँदा… पुरा पढौ

किसान लघुवित्तकाे लाभांश पारित गर्दै चौथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं, २९ चैत । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । र्याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ । बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी रु.५० करोड ४३ लाख ६६ हजार ४६७ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । साधारण सभाले आ.व. ०७८-०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक… पुरा पढौ

एकैदिन रु १ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २९ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा एकैदिन रुपैया १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ १… पुरा पढौ

‘सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३’ को इकाईका लागि आवेदन दिने म्याद थप

काठमाडौं, २९ चैत । 'सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३' को इकाईका लागि आवेदन दिने म्याद थप भएको छ। म्याद थपिएपछि लगानीकर्ताले अब बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि साे स्किम ल्याएकाे थियाे । क्यापिटलका अनुसार स्किम ३ को प्रतिइकाई अंकित मूल्य रु १० रहेकाे छ । साे मूल्यमा १२ करोड इकाई जारि गरिएकाे छ । यसका लागि घटीमा १ करोड ८० लाख इकाई कोषकाे प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ । यसमा ६०… पुरा पढौ

बढ्दै डलरसहित विदेशी मुद्राको भाउ, कुनको कति ? (मूल्यसूची)

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ… पुरा पढौ

कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

काठमाडौं, २९ चैत । सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। अदालतले गरेका फैसला र अदालती प्रक्रियाका विषमा आफूहरूले कुनै पनि निर्णय दिन नसक्ने जानकारी गराएको उनले बताए। पीडितहरूले भने सबै अदालती प्रक्रिया टुङ्ग्याएर मन्त्रिपरिषद्बाट लिखत नै… पुरा पढौ

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको समेत बताए । ‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ दाहालले भने ‘अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण… पुरा पढौ

लैङ्गिक उत्तरदायी बजेट निमार्ण गर्न माग

पोखरा, २८ चैत्र । आगामि बजेट निति तथा कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट निमार्ण गर्न माग गरिएको छ । मंगलबार पोखरामा बिजय बिकास केन्द्र नवलपुरको आयोजना तथा सयपत्री समाज पोखराको सहआयोजनामा आयोजित एक दिवसीय कार्यशालामा उक्त माग गरिएको हो । कार्यक्रममा पोखरा बिश्वबिद्यालयका उपप्रध्यापक सुरेन्द्रबाबु तिवारी र युवराज त्रिपाठीले 'लैङ्गिक उत्तरदायित्व बजेट निमार्ण, यसको बर्तमान अभ्यास र आवश्यकता'को बारेमा कार्यपत्र प्रस्तुत गरे। लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण हुनु पर्नेमा उनिहरुको जोड थियो । प्रस्तुत कार्यपत्रमाथि बिभिन्न समूह बनाएर छलफल गरिएको… पुरा पढौ

नेप्सेमा छायो हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, २८ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । कारोबार रकममा झिनो बृद्धिको संकेत देखिएपनि काराेबार रकम भने अर्बभन्दा तल नै रहेको छ । सेयर बजारको उकालोको यात्राले अब सुधारको लय लम्बिन्छकी भन्ने अपेक्षा बढाएको छ । सेयरबजारमा देखिएको हरियालीले लगानीकर्ताहरुको मनोबल बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४८ प्रतिशतले बृद्धि भएको छ । उता सेन्सेटिघ इण्डेक्स ५.७९ अंकले… पुरा पढौ

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने बताए। “निजी क्षेत्रले व्यापारमा मात्रै जान खोज्ने जुन परम्परा छ, अब लगानी उत्पादन क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ। लगानीको वातावरण सहज बनाउनका लागि सबै खालका प्रयास सरकारबाट हुन्छन् । उत्पादन बढाउनतर्फ हामी सबैले सोचौँ”, उनले भने। अहिले अर्थतन्त्रमा… पुरा पढौ