आर्थिक 📈

रु ७ सयले सस्तियो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, २७ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर ताेलाकाे १ लाख ९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ८… पुरा पढौ

साढे २२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ चैत । राष्ट्र बैंकले मंगलबार २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने बताएकाे छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ । बैंकका अनुसार भाेलि जारी हुने साे ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकका अनुसार २८ दिनको लागि ३ अर्बको ट्रेजरी बिल जारी गर्न लागिएकाे छ । जाे २०८० साल वैशाख २८ गते परिपक्व हुने भएकाे छ… पुरा पढौ

भूगोल इनर्जीकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २७ चैत । भूगोल इनर्जीकाे सेयर आइपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैतकाे २३ गतेबाट सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । साे सेयरमध्ये १ लाख ८ हजार ८११ कित्ता विदेशमा काम गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेकाेथियाे। ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । सर्वसाधारणले बाँकी रहेकाे १३ लाख ४६ हजार ९९३ कित्ताका लागि… पुरा पढौ

बाराही हाइड्रोपावरको साधारण सभा आज बस्दै

काठमाडौं २७ चैत । बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा आज डाकिएकाे छ । सभा काठमाडौं बत्तिसपुतलीमा रहेकाे अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा पूर्वान्ह बजेदेखि बाेलाइएकाे छ । कम्पनीका अनुसार साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा वित्तीय अवश्था लगायतका विषयमा छलफल गरिने भएकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव एजेण्डामा छैन । सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । कम्पनीले साधारणा सभाकाे प्रयोजनार्थ चैत १३ गते बुक क्लोज गरेकाे थियाे । चैत १२ गतेसम्म… पुरा पढौ

यो हो आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहितको विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ… पुरा पढौ

गण्डकी, कर्णाली र सुदूरपश्चिममा क्षणिक वर्षाको सम्भावना

काठमाडौं, २७ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ। चैत २७ गते (सोमबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको… पुरा पढौ

नेप्सेमा २८.३१ अंकको गिरावट, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २६ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कारोबारमा पनि उल्लेखनिय सुधार भएको देखिएन । नेप्सेमा भएको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोवल उच्च हुन बाट रोकेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.३१ विन्दुमा झरेको छ । नेप्सेमा १.५२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२४ अंकले घटेर ३४८.७९ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका… पुरा पढौ

उदयपुरको त्रियुगा नगरपालिकामा २ महिनादेखि आर्थिक कारोबार ठप्प

काठमाडौं, २६ चैत । उदयपुरको त्रियुगा नगरपालिकामा २ महिनादेखि आर्थिक कारोबार ठप्प भएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामोसमयदेखि आर्थिक कारोबारको काम ठप्प भएको हो । नगरपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा फिर्ता पठाएसँगै नगरपालिकाको आर्थिक कारोबार ठप्प हुन पुगेको छ । नगरपालिकाको उक्त निर्णयप्रति उदयपुरका विभिन्न राजनीतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर दरबन्दी अनुसार सरुवा भएर आएका उप सचिवलाई नगरपालिकाले हाजिर नगराएको भन्दै यसमा आफ्नो गम्भिर… पुरा पढौ

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ

दमौली, २६ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन्। तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे। ‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने। अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए। अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ। ‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ,… पुरा पढौ

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

झापा, २६ चैत । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही ८ महिनाका… पुरा पढौ