आर्थिक 📈

शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला

कञ्चनपुर, २० चैत । शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ। जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा ६ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्। नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो। राजपत्रमा नगरपालिकाले भूउपयोग ऐन र नियमावलीअनुसार भूउपयोग क्षेत्र कित्तागत विवरण, भूउपयोग परिषदबाट स्वीकृत नक्सा र भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तथा आधारलाई अन्तिमरूप दिएको छ। नगरपालिकाले नगर क्षेत्रत्रिको २१ हजार चार हजार ९ कित्ताको वर्गीकरण गरेको छ। नगरपालिकाको नापी… पुरा पढौ

घट्दै सुन र चाँदीको भाउ, तोलाको कति पर्छ ?

काठमाडौं, २० चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो । आईतबार सुनमा रुपैयाँ ६ सयले गिरावट भएको थियो । चाँदीको भाउ भने रुपैयाँ १० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको रुपैयाँ १ लाख ८ हजारमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १… पुरा पढौ

अर्थमन्त्रीले बोलाए राजस्व चुहावट नियन्त्रण समितिको बैठक

काठमाडौं, २० चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् । उनले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक आज (सोमबार) दिँउसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्दैछ । मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेको मन्त्रालयले जनाएको छ । समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग… पुरा पढौ

दोल्ती पावरले रु १ करोड बढीकाे आईपीओ निष्काशन गर्दै

काठमाडौं, २० चैत । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे थियाे। कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतलेहुने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्काशनका लागि राखेकाे थियाे। यसबाट १ लाख ७… पुरा पढौ

ईङवा हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० चैत । ईङवा हाइड्रोपावरकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि फागुन २१ गतेदेखि सेयर निष्काशन गरेको थियाे। कम्पनीका अनुसार जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्काशन गरिएकाे हो। सेयरमा ताप्लेजुङ्गकाे सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरकाे याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का जनताले बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले घटीमा १०… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दर भाउ

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ… पुरा पढौ

पुष्प मेलामा रु ८४ लाखको कारोबार, ३८ हजारले अवलोकन

काठमाडौं, २० चैत । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उहाँका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन्… पुरा पढौ

साना तथा मझौला कम्पनीको सेयर निष्काशन नियमावली तयार

काठमाडौं, १९ चैत । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानुनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ । नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा रू २५ करोडसम्मको हुनेछ तर साना तथा मझौला सङ्गठित… पुरा पढौ

अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन

पोखरा, १९ चैत । अष्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्रबैंक स्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन् । अष्ट्रेलियाको फेयर ट्रेड डाउनअण्डरका संचालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्स सहित आएको सातजनाको टोलिले हस्तकला सामग्रीको बारेमा जानकारी लिएका हुन् । अवलोकनको क्रममा क्यारोलेन डान्सले नेपालका महिला सृजनात्मक, निकै मेहनती लागेको बताइन् । उनले भनिन् “हामीले पोखराका केही हस्तकला उद्योगको अवलोकन गर्यौ, यहाँका महिला निकै सृजनात्मक मेहनती हुनुहुँदोरहेछ, खेर जाने सामानहरुको उच्चतम तरीकाले सदुपयोग गरेर निकै आकर्षक सामग्री… पुरा पढौ

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

म्याग्दी, १९ चैत । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न गरेको छन् । खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेकोे केरा खेतीबाट २ गाउँका किसानले वार्षिक डेढ करोड आम्दानी गर्दै आएका छन् । खबराका किसानले… पुरा पढौ