आर्थिक 📈

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रीदर १३१.७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२… पुरा पढौ

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउछु : मन्त्री भण्डारी

पाटन, १८ चैत । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ। आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताए। “अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पु¥याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो… पुरा पढौ

आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटका लागि कार्यतालिका तयार

काठमाडौं, १८ चैत । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट तयारीका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो । कार्यतालिका अनुसार यही चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । विभिन्न मन्त्रालय मातहतका विभागलाई बजेट तर्जुमा सम्बन्धमा ‘पोलिसी पेपर’ तयार गरी चैत २० गतेसम्म पेस गर्न भनिएको… पुरा पढौ

केन्द्रीय बैंकले जारी गर्याे वित्तीय साक्षरता मार्गदर्शन २०७९

काठमाडाैं, १८ चैत । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आम नागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो । वित्तीय साक्षरता अभियान प्रवर्धन गर्न राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । शुक्रबार जारी गरिएको मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन… पुरा पढौ

वित्तीय सुशासनका लागि पिएफएम परियोजना

जनकपुर, १८ चैत । प्रादेशिक र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्ने बृहत् लक्ष्यसहित नेपालमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना (पिएफएम) मधेस प्रदेशमा लागू भएको छ । जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनको उपस्थितिमा प्रदेशका आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा लागू हुने गरी पाँच वर्षीय परियोजना सुरु भएको जानकारी दिइएको हो । दुई करोड अमेरिकी डलर अर्थात करिब रु दुई अर्ब ६२ करोड बजेट… पुरा पढौ

आवधिक नगद योजना तर्जुमा समिति बनाउने : डा महत

काठमाडौं, १७ चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले कार्यभार सम्हाल्दै सरकारको आवधिक नगद योजना प्रणालीलाई व्यवस्थित गर्दै जाने निर्णय गरेका छन् । अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीमा “अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनका लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १७ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिए । ‘अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौं। सरकारले तत्काल सुधारका प्रयास गर्नेछ’, उनले भने ‘यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ ।’ अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको… पुरा पढौ

घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

झापा, १७ चैत । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गरे। अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ । ‘आजदेखि झापाबाट यो सेवा सुरुआत गरेका छौं’, उनले भने, ‘अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सञ्चालन हुनेछ… पुरा पढौ

श्रम स्वीकृति आवेदन अब स्थानीय तहमा दिन सकिने

काठमाडौं, १७ चैत । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन् ।… पुरा पढौ

६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार हुदैं

चितवन, १७ चैत । ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ। उनले भनिन्, ‘यो ५ वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल गर्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास… पुरा पढौ