आर्थिक 📈

युवालाई कृषिमा आकर्षित गर्दै हेटौंडा उपमहानगरपालिका

हेटौँडा, २ साउन। हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ । उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३- ८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ । माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत माटोको नमूना परीक्षण गरिएको छ… पुरा पढौ

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं, २ साउन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका… पुरा पढौ

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवा सुरु

काठमाडौं, १ साउन । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवाहरू सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पीओएस (POS) टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो। बैंकका अनुसार नयाँ सुरु गरिएका सेवाहरू देहायबमोजिम रहेका छन्: गरिमा प्रिपेड डलर कार्ड: यस कार्डमार्फत ग्राहकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र… पुरा पढौ

गत आवमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं, १ साउन। गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो । सरकारले गत आवमा रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा रु १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ । चालु शीर्षकमा गत आव सरकारले… पुरा पढौ

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं, १ साउन। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ । उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ । मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने सेयर तथा ऋण लगानीलाई कानुनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न… पुरा पढौ

ऊर्जा क्षेत्रमा ९ खर्ब लगानी गर्ने क्षमता, जलविद्युतका लागि नीतिगत रूपमै राष्ट्र बैंक लचिलो

काठमाडौं, १ साउन। नेपाल राष्ट्र बैंकले जलविद्युत तथा ऊर्जा पूर्वाधारको विकासका लागि विशेष नीतिगत लचकता र सहुलियतपूर्ण व्यवस्था गरेको जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता पौडेलका अनुसार हाल क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकसमेत गरी ऊर्जा क्षेत्रमा करिब ५०० अर्ब रुपैयाँ कर्जा प्रवाह (आउटस्ट्यान्डिङ लोन) भएको छ… पुरा पढौ

रासायनिक मलको आपूर्ति ५ लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौं, १ साउन। सरकारले आर्थिक वर्ष २०८२÷८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो । गत असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १ साउन। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३२ पैसा… पुरा पढौ

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा, १ साउन। रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् । यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन् । अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताउनुभयो… पुरा पढौ

आर्थिक वर्षको अन्तिम दिन बजारमा सकारात्मक रौनक, नेप्से ७.५० अंकले बढ्दा कारोबार साढे ४ अर्ब माथि

काठमाडौं, ३२ असार। चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन धितोपत्र बजारमा सकारात्मक रौनक देखिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार सामान्य अंकले सुधार भइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले वर्षको अन्तिम दिन बिहीबार पनि सोही गतिलाई निरन्तरता दिएको हो। बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेर बन्द भएको छ। नेप्से महासूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.९२ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.९३ अंकको वृद्धि देखिएको छ। कारोबार रकममा पनि… पुरा पढौ