आर्थिक 📈

चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ, ५ साउन। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सङ्कलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८… पुरा पढौ

विदेशी बिरामीबाटै नेपाल भित्रियो १ अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा

काठमाडौं, ५ साउन । नेपाललाई सामान्यतया सगरमाथा, प्राकृतिक सौन्दर्य, संस्कृति र पदमार्गको अनुपम गन्तव्यका रूपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरूमा नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा अभूतपूर्व फड्को मार्दै 'मेडिकल टुरिज्म' (स्वास्थ्य पर्यटन) को नयाँ सम्भावना उजागर गरेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्रै भारतलगायत छिमेकी मुलुकका बिरामीहरूलाई आँखा उपचार सेवा प्रदान गरी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याएका छन्। यसले स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने दरिलो माध्यम… पुरा पढौ

विद्युत् विकासमा उत्साह: ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं, ५ साउन । विद्युत् विकास विभागले जलविद्युत् क्षेत्रमा ठूलो फड्को मारेको छ। विभागले आर्थिक वर्ष २०८२/८३ मा ९९ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। यी आयोजनाहरूको कुल क्षमता तीन हजार २११ मेगावाट रहेको छ। यसका अतिरिक्त सौर्य ऊर्जातर्फ सात वटा आयोजनालाई पनि सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ, जसको कुल क्षमता ३११ मेगावाट छ। प्रसारण लाइनको क्षेत्रमा पनि उल्लेख्य प्रगति प्रसारण लाइनतर्फ पनि विभागले महत्त्वपूर्ण काम गरेको छ। २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७०… पुरा पढौ

अब पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं, ५ साउन । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनजका लागि सरकारी… पुरा पढौ

नेप्से ४१ अंकले बढ्यो, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, ४ साउन। साताको पहिलो कारोबार दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ। निरन्तर पाँचौँ कारोबार दिनको वृद्धिसँगै नेप्से परिसूचक १९ कारोबार दिनपश्चात पुनः २७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि उक्लिएको हो। सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.२२ अंक, फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेका छन्। नेप्सेमा आएको वृद्धिसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। गत शुक्रबार ४ अर्ब ५७ करोड… पुरा पढौ

जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरी ‘आरसीओडी’को म्याद थप गर्ने तयारी

काठमाडौं, ४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपीए) भइसकेका तर विविध कारणले सञ्चालनमा आउन नसकेका जलविद्युत् तथा सौर्य आयोजनाहरूलाई नियन्त्रण र व्यवस्थित गर्न नयाँ कदम चालेको छ। आयोजनाहरूको भौतिक प्रगति, व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) र दायित्व पालनाको आधारमा चार फरक समूहमा वर्गीकरण गरी म्याद थप तथा सहजीकरण गर्ने तयारी गरिएको छ। प्राधिकरण सञ्चालक समितिको गत असार ३२ गते बसेको बैठकले यो निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनाहरूको… पुरा पढौ

‘राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुन्छ’

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा हाल कायम रहेका दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक' माथिको छलफलका क्रममा उनले राष्ट्र बैंकलाई थप डेपुटी गभर्नर आवश्यक नरहेको स्पष्ट पारेका हुन् । बैठकमा सहभागी बैंकर्सहरूले डेपुटी गभर्नरको संख्या दुईबाट बढाएर तीन पुर्‍याउनुपर्ने प्रस्ताव राखेका थिए । बैंकर्सहरूको उक्त प्रस्तावप्रति लक्षित गर्दै सांसद कँडेलले निजी क्षेत्रलाई किन… पुरा पढौ

यस्तो छ आजको लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ४ साउन। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४४ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा… पुरा पढौ

घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

काठमाडौं, ४ साउन। घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो । विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त… पुरा पढौ

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौं, ३ साउन। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । सरकारले गत जेठ ११ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । मुलुकको… पुरा पढौ