आर्थिक 📈

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

खजुरा, २४ फागुन । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए। उनका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान… पुरा पढौ

महिला उद्यमशीलता, स्वरोजगार र विकासलाई घनिभूत बनाउन जरुरी–प्रधानमन्त्री

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरे। “राजनीतिक अधिकारले त्यतिबेला… पुरा पढौ

अर्थतन्त्र बचाउन संरचनागत सुधार आवश्यक, तत्काल कदम चाल्न सरकारलाई सुझाव

काठमाडौं, २४ फागुन । मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन् । नेपाली कांग्रेसले काठमाडौँमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने उनीहरूको भनाइ छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको आर्थिक क्षेत्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न… पुरा पढौ

यस्ताे छ कृषि गाउँकी सङ्घर्षशील लक्ष्मीकाे प्रगतिकाे कथा

गलकोट, २३ फागुन । बागलुङ बजार नजिकैको चर्चित ‘ कृषि गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीक्षा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उनको परिवारले शर्त मञ्जुर गरे र पालना पनि । लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको… पुरा पढौ

नेप्सेमा १४.४१ अंकको वृद्धि, १ अर्ब २० करोडको कारोबार

काठमाडौं, २३ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । लगातार ओरोलो लागेको नेप्से परिसूचक उकालो लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा चढेको छ । नेप्सेमा०.७४ प्रतिशतले कृद्धि भएको छ । यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४० लाख ५९ हजार १४९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ ६२… पुरा पढौ

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी मात्रै योग्य

काठमाडौं, २३ फागुन । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो । नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ४ वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा कम्पनी  र ३० वटा लघुवित्त कम्पनी मार्जिक… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोबार हुने दिन आज मंगलबारको (सोमबार सार्वजनिक बिदा परेकोले) प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा बन्द भएको थियो । आज मंगलबारको प्रि-ओपन सेसनमा भने यो परिसूचक ०.८३ अंक घटेर १९३७.४३ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३३ अंकले गिरावट आएको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको २ लाख २१… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २३ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज मंगलबार (सोमबार सार्वजनिक बिदा परेकोले) नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा ३… पुरा पढौ

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने म्याद आजसम्म

काठमाडौं, २३ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियाे । यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिएका थियाे। संस्थाकाे जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने रु १०० अंकित मूल्यकाे ७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो। साे सेयरबाट ९ हजार ७०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका… पुरा पढौ

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

तुलसीपुर, २३ फागुन । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए। “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने “साहुलाई पैसा तिर्नुपर्ने… पुरा पढौ