आर्थिक 📈

सुन र चाँदी दुवैको भाउ उल्लेख्य घट्यो

काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेख्य गिरावट आएको छ । छापावाल सुनमा आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीमा पनि ३० ले घटेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनमा १ हजार ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको कीर्तिमानी १ लाख ७ हजार ५ सय… पुरा पढौ

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

त्रिवेणी, २० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख… पुरा पढौ

पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता

सुन्दरहरैँचा, २० माघ । मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कूल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सो सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी… पुरा पढौ

यस्ताे छ सेयर धितो कर्जाकाे रु १२ करोडकाे सीमा हटाउन लगानीकर्ताले दिएकाे सुझाव

काठमाडौं, २० माघ । लगानीकर्ताहरुकाे तीन संघ, संगठनले सेयर धितो कर्जामा लगाइएकाे रुपैयाँ १२ करोडकाे सीमालाई हटाउन चारवटा सुझाव दिएका छन्।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ, नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागलाई पत्र लेख्दै साे सीमा हटाउन सुझाव दिएका हुन् । उनीहरुले रुपैयाँ १२ करोडकाे सेयर कर्जाको सीमाका कारण सेयर बजारका लगानीकर्ताकाे मनाेबल घटाएकाेले उक्त व्यवस्थालाई फिर्ता लिन पत्रमा सुझाव… पुरा पढौ

सेयर धितो कर्जाकाे रु १२ करोडकाे सीमा हटाउन लगानीकर्ताले दिए सुझाव

काठमाडौं, १९ माघ । लगानीकर्ताहरुकाे तीन संघ, संगठनले सेयर धितो कर्जामा लगाइएकाे रुपैयाँ १२ करोडकाे सीमालाई हटाउन चारवटा सुझाव दिएका छन्।  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ, नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागलाई पत्र लेख्दै साे सीमा हटाउन सुझाव दिएका हुन् । उनीहरुले रुपैयाँ १२ करोडकाे सेयर कर्जाको सीमाका कारण सेयर बजारका लगानीकर्ताकाे मनाेबल घटाएकाेले उक्त व्यवस्थालाई फिर्ता लिन पत्रमा सुझाव… पुरा पढौ

भारतीय धनाढ्य अडानीले १ हप्तामै गुमाए १ खर्ब डलर

नयाँ दिल्ली, १९ माघ । अडानी समूहका कम्पनीहरुको स्टक मूल्य १ हप्तामा लगभग १ सय अर्ब अर्थात् १ खर्ब अमेरिकी डलरले घटेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्च नामक अनुसन्धान संस्थाको नकारात्मक प्रतिवेदनका कारण सेयरको मूल्य लगातार ओरालो लागेपछि अडानी समूहका कम्पनीहरूले उक्त परिमाणमा घाटा ब्यहोर्नुपरेको हो । यसै क्रममा अडानी इन्टरप्राइजेजलेले एफपीओ जारी गरेर संकलन गरेको २० हजार करोड अर्थात् २ खर्ब सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने निर्णय गरेको छ । आज बिहान अडानी समूहको मुख्य… पुरा पढौ

अन्तिम दिन सेयर बजार राताम्मै, करिब ३ अर्बको कारोबार

काठमाडौं, १९ माघ । नयाँ सरकार बनेसंगै उकालो लाग्ने थालेको सेयर बजारमा पछिल्ला दिनहरुमा त्यसले एकरुपता पाउन सकेको छैन । सरकार बनेपनि सरकारले पूर्णता पाउन सकेको छैन । सरकारमा जानमै आन्तरिक व्यवस्थापनमा कुरा मिलिसकेको छैन । यही बीचमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतको आदेशबाट सरकारबाट बाहिरीएपछि नयाँ गृहमन्त्री तथा दलहरुमा मन्त्रीहरुको भागबण्डा मिल्न सकिरहेको छैन । सरकारका बारेमा अनेककन अडकलबाजिहरु भईरहँदा सेयर बजार र सरकारको अस्पष्ट गतिको कारण पुनः सकारात्मक बन्न सकिरहेको छैन । साताको सेयर कारोबार हुने अन्तिम… पुरा पढौ

प्रि-ओपन सेसनमा १.९० अंकले बढ्यो नेप्से

काठमाडौं, १९ माघ । आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से ४.९७ अंक बढेर २११६.६५ विन्दुमा पुगेर बन्द भएको थियो । आजको यो सेसनमा पनि यो परिसूचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२५ अंक बढेर ४०२.१७ विन्दुमा पुगेको छ । कारोबारका हिसाबले आजको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ३ लाख २४ हजार ९१९ रुपैयाँ बराबरको ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

एकैदिन १२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं, १९ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा एकैदिन आज रुपैयाँ १२ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्याे साधारण सभा

काठमाडौं, १९ माघ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नकाेलागि २४औं साधारण सभा फागुण १२ गते डाकेकाे हाे । सभा पूर्वान्ह १० बजे, लघुवित्तको केन्द्रिय कार्यालय नक्सालमा डाकिएकाे छ । लघुवित्तकाे साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशतले हुने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर पारित हुनेछ। साथै कर प्रयोजर्नाथ १ प्रतिशतले हुने २ करोड १९ लाख… पुरा पढौ