आर्थिक 📈

३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसकाे कति ?

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युत परियोजनको बाेनस नेप्सेमा सूचीकरण भएकाे हो । नेप्सेका अनुसार मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता सेयर नेप्सेकाे सूचीकरणमा परेकाे हाे । बैंकले गएकाे वर्षकाे नाफाबाट सेयरधनीहरूकाे लागि ४ प्रतिशत बोनस सेयर बाँडफाँड गरेको थियो । साेहि बोनस नै नेप्सेमा सूचीकृत भएको हो । गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता सेयर… पुरा पढौ

आर्थिक समस्याले माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

वासिङ्टन, ५ माघ । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो । अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो… पुरा पढौ

उखुको खरिद मूल्य तोकियो, किसानलाई दिने अनुदान यथावत्

काठमाडौं, ५ माघ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल रु २० ले बढी हो । गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन… पुरा पढौ

८ करोडको लगानीमा लेकसाईडमा त्रिपुरा लाउञ्ज बार सञ्चालनमा आउँदै

पोखरा, ४ माघ । पोखराको लेकसाईडमा त्रिपुरा लाउञ्ज एण्ड बार सञ्चालनमा आउँदै छ । ८ करोड रुपैयाँको लगानीमा सो लाउञ्ज बार सञ्चालनमा आउन लागेको हो । बुधबार आयोजित पत्रकार भेटघाटममा बोल्दै बारका सञ्चालक सुमनकुमार श्रेष्ठले लाउञ्ज बारको बिहीबार सफ्ट ओपनिङ गरिने बताए । अन्य लाउञ्ज बार भन्दा त्रिपुरा ‘रोयल कन्सेप्ट’ मा निर्माण गारिएको पहिलो लाउञ्ज बार भएको उनले दाबी गरे । कन्फरेन्स हल, पुल हाउस, किड्स पार्कको समेत सुविधा रहेको बारमा पुग्ने ग्राहकहरुले पारिवारिक वातावरणको आभाष पाउने म्यानेजर विकास गुरुङले… पुरा पढौ

वित्तीय खाताको सन्तुलन चुनौतीपूर्ण : डा स्वर्णिम वाग्ले

काठमाडौं, ४ माघ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले आफ्नो वित्तीय खाता व्यवस्थापनमा ठूलो चुनौती भोग्नु परेको बताए। अहिले विश्व अर्थतन्त्रमा मुद्रास्फीति सबैभन्दा ठूलो समस्याका रुपमा रहेको उनको भनाइ छ । सन् १९७०÷८० को पुनरावृत्ति हुने अवस्था देखिएका कारण केन्द्रीय… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता हाइड्रोमा झुम्मिए

काठमाडौं, ४ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालो लागेको छ।अधिकांश सूचकांकहरुमा गिरावट भएपनि कारोबार रकम भने ५ करोडको हाराहारीमा पुगेको छ । बुधबार ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरुले नाफा बुक गर्दा गिरावटको दृश्य देखिए पनि हाईड्रोपावरतर्फ उनीहरुको आकर्षण बढेकाे देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.०१ अंकले घटेको छ । यसरी घटेको परिसूचक २१७३.१० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने १.९३ अंकले घटेर ४१३.९० विन्दुमा… पुरा पढौ

आयल निगम अझै घाटामा, इन्धनको मूल्य तत्काल नघट्ने

। नेपाल आयल निगमले तत्कालका लागि ईन्धनको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट गत माघ २ गते मूल्यसूची पठाएको थियो । सूची अनुसार बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको थियो । यस हिसाबले आएको मूल्यसूची अनुसार निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा… पुरा पढौ

प्रि ओपन सेसन: साढे ३ अंकले उकालियो नेप्से

काठमाडौं, ४ माघ । साताको दोस्रो कारोबार दिन (आइतबार र सोमबार सार्वजनिक बिदा परेकोले) आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से परिसूचक ३.६१ अंकले बढेर २१८५.७२ विन्दुमा पुगेको छ । आजको यो सो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.५६ अंकको बढोत्तरी भएको छ । आज बुधबारको प्रि-ओपन सेसनमा ३० वटा स्टकको १२ लाख… पुरा पढौ

सुनचाँदीको भाउ घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ माघ । साताको चौथो दिन आज बुधबार पनि सुन र चाँदी दुवैको भाउ घटेकाे छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ हिजो मंगलबारदेखि घट्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार… पुरा पढौ

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ४ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर बिक्रीमा ल्याएकाे हाे। कम्पनीले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे ३३ लाख ३२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरेकाे हो। आयोजनाबाट धेरै प्रभावित क्षेत्र रहेकाे फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १, भिक्वाखोला गाउँपालिका वडा नं.… पुरा पढौ