आर्थिक 📈

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा र लेखनदास घुस रकमसहित पक्राउ

जलेश्वर, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको… पुरा पढौ

लामाबगर नाका खोल्न सार्थक पहल आवश्यक : राष्ट्रपति

काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखा जिल्लासँग जोडिएको उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताएकी छन् । ग्रामीण विकास टुकी सङघद्वारा आज दोलखामा आयोजित प्रदर्शनी कार्यक्रममा राष्ट्रपति भण्डारीले सो नाका खोल्न सकेमा दोलखा हुँदै चीन र भारतसँग छोटो दूरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुने र यसबाट समग्र नेपालकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्। “प्राचीनकालदेखि नै दोलखा जलस्रोतमा धनी छ । स्वदेशी पूँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र अन्य विद्युत्… पुरा पढौ

विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौं, १८ फागुन । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ । सम्मेलनको उद्घाटन बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । उद्घाटन सत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा… पुरा पढौ

अन्तिम दिन सेयरबजार राताम्मै, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं, १८ फागुन । नेप्सेमा लगातार गिरावट भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयरबजार राताम्मै भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २४।४४ अंकले घटेर १९९५।४९ विन्दुमा झरेको मा यसदिन अँझ बढी घटेको छ । नेप्सेको घट्दो सूचकांकको दृश्यले लगानीकर्ताको मनो माथि उठेन सकेको छैन । उनीहरु अझैं पनि सकारात्मक लयको पखाईमा रहेका छन् ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

अष्ट्रेलियाको सिड्नीमा पुँजीबजार सम्बन्धि सचेतना

काठमाडौं, १८ फागुन । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्रोत ब्यक्तिका रुपमा रहनुभएका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्र्तक्रिया गर्नु भयको थियो। अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दनि बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १… पुरा पढौ

सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

भरतपुर, १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए। कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए। दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती… पुरा पढौ

हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : निगम

काठमाडौं, १८ फागुन । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत… पुरा पढौ

सुरु भयो नेपाल ट्रेड समिटको दोस्रो संस्करण

काठमाडौं, १७ फागुन । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन ल्यान्ड’का रुपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको हुँदा आगामी दिनमा भौतिक पूर्वाधार निर्माणलगायत अन्य विकासका… पुरा पढौ

भारतबाट घटेर आयो ईन्धनको मूल्य

काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेशनले ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतबाट आज नेपाल आयल निगमलाई प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ २१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ नेपाल आयल निगमले जनाएको छ । यस्तै मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको छ भने हवाई इन्धनमा पनि प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर… पुरा पढौ