आर्थिक 📈

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं, १५ फागुन । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको पाइएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार यो परिसूचक ४.५५ अंक बढेर २०२७.१९ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से २.०४ अंक बढेर २०२९.२३ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.९३ अंकको बढोत्तरी भएको छ । आज सोमबारको प्रि-ओपन सेसनमा २० वटा स्टकको ६४ लाख ५०९ रुपैयाँ २५ पैसा बराबरको १५ हजार १०० कित्ता… पुरा पढौ

लगातार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ । आज छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

‘अफ्रिकन स्वाइन फिवर’ले २८ सय बङ्गुर मरे, ६ करोडकाे क्षति

चितवन, १५ फागुन । ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । यसबाट रु ६ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली… पुरा पढौ

फागुन २५ गतेदेखि माईखोला हाइड्रोकाे आईपीओ आउँदै

काठमाडौं, १५ फागुन । माईखोला हाइड्रो पावरकाे आईपीओ फागुन २५ गतेदेखि बिक्रीमा ल्याइने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गर्ने भएकाे हो। कम्पनीले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ जारी पूँजीको १० प्रतिशतले ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर ईलामका स्थानियवासिका लागि निष्काशन गर्ने भएकाे हाे । सर्वसाधारणका लागि १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ… पुरा पढौ

आत्मनिर्भर लघुवित्तकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १५ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि सेयर बिक्रीमा ल्याएकाे थियाे । आत्मनिर्भर लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक बिक्रीका लागि राखेकाे थियो। यसबाट २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडिएकाे छ । ३ हजार… पुरा पढौ

नेप्सेमा झिनो सुधार, साढे २ अर्बको कारोबार

काठमाडौं, १४ फागुन । राजनीतिक घटनाक्रम तथा लघुवित्त वित्तीय संस्थाहरुमाथिको शंसोधित निर्देशिकासंगै करेक्सन देखिएको सेयर बजारको ओरालोको यात्रामा झिनो मात्राले रोकावट भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा ४.५५ अंकको बृद्धि भई २०.२७ विन्दुमा चढेको छ । नेप्सेमा ०.२२ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घटेर ३८४.०८ विन्दु रहेको छ । यसदिन कुल २६२ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ६५ लाख १५ हजार ८५२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब… पुरा पढौ

अवैध आयातले नेपालगञ्जको व्यवसाय धराशायी : व्यवसायी

नेपालगञ्ज, १४ फागुन । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए । नेपालगञ्जका… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो, कति पर्छ तोलाको ?

काठमाडौं, १४ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ४ सय रुपैयाँ तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो । छापावाल सुनमा ४ सय रुपैयाँले घटेर आज तोलाको तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

ईङवा हाइड्रोले फागुन २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, १४ फागुन । ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गर्ने भएकाे हो। जारी पूँजी ६० करोडकाे १० प्रतिशतले हुने ६ करोडको ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । सेयरमा ताप्लेजुङ्गकाे सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का… पुरा पढौ

आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो

काठमाडौं, १३ फागुन । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो ।… पुरा पढौ