आर्थिक 📈

१ अर्ब ११ करोड लागतमा बनेकाे ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ सञ्चालन अझै अन्योलमा

बुटवल, १३ फागुन । १ अर्ब ११ करोड लागतमा बुटवलमा बनेकाे "बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र" अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको ६ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल… पुरा पढौ

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती

रेसुङ्गा, १३ फागुन । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन्। कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन् । दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन्। उनीहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन् । ज्ञवाली परिवारका छ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन् । उनको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै… पुरा पढौ

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुदैन : वरिष्ठ उपाध्यक्ष ढकाल

कुस्मा, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने कुरा बताए। “हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने। उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे।… पुरा पढौ

आत्मनिर्भर लघुवित्तको आइपीओमा पर्याे ४७.१६ गुणा बढी आवेदन

काठमाडौं, १२ फागुन । आत्मनिर्भर लघुवित्तको सेयर (आइपीओमा) ४७.१६ गुणा बढी आवेदन परेकाे छ । याे आवेदन सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे १ लाख ६९ हजार ७५५ कित्ता सेयरकाे ४७.१६ गुणा बढी आवेदन हो । सीडीएसका अनुसार शुक्रबार दिउँसाे साडे १ वजेसम्म सेयरमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर लगानीकर्ताहरु ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ता माग गरेका छन् । कम्पनीले फागुन ११ गतेदेखि रुपैयाँ ६ करोड २३… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर… पुरा पढौ

कालिन्चोक दर्शनकाे सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं, १२ फागुन । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कालिन्चोक दर्शनकाे सेयर रजिष्ट्रारमा नियुक्त भएकाे छ । कालिन्चोक दर्शनले कम्पनीले पुस १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको जनाइएकाे छ। रजिष्ट्रारमा नियुक्त भएपछि कम्पनीको सेयरकाे सेयर लगायतकाे कारोबारको काम, अभिलेखन, सेयर दाखिला तथा खारेज, नामसारी, सेयर अभिलेखनकाे अद्यावधिक विवरण राख्ने कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएकाे छ । पुरा पढौ

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

रामपुर (पाल्पा), १२ फागुन । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाले। कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो… पुरा पढौ

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

बनियानी, १२ फागुन । झापा कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताए। कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उनले बताए। पहिलो… पुरा पढौ

सेयर बजारमा उल्लेख्य गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, ११ फागुन । साताको सेयर कारोबार हुने पाँचौ अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । यतिबेला लघुवित्त कम्पनीहरुको कारण ऋणीहरु मर्कामा परेका कुराहरु आईरहेका छन् । राष्ट्र बैंकले पनि निर्देशिका जारि गर्दै उनीहरुको लाभांश वितरणमा कडाई गर्ने नीति अघि सारेको छ । उनीहरुको सेयर पनि चलायमान नभएपछि नकारात्मक असर देखिएको छ । खस्किदो सेयर बजारको परिदृश्यले लगानीकर्ताहरुको मनोबल गिराएको छ । कहिले सुधार हुने यो भविष्यको गर्भमै रहेको छ ।नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध पोखराका उद्योगी व्यवसायी सडकमा

पोखरा, ११ फागुन । बैंक तथा वित्तीय संस्थाको ज्यादती र चर्को ब्याजदरबाट मुक्त गरी व्यवसाय बचाउन माग गर्दै पोखराका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । उद्योग व्यापार नबचे र नचलेसम्म अर्थतन्त्र नबच्ने भन्दै उनीहरुले बैंकिङ दबाब बन्द गर्नुपर्ने, व्याजदर एक अंकमा झार्नुपर्ने, व्याजमा मनपरी प्रिमिय बन्द गर्नुपर्ने, उद्योगी व्यवसायीलाई पीडित घोषणा गर्नुपर्ने, तरलता समस्या समाधान गर्नुपर्ने माग सहित सडक आन्दोलन थालेका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी समस्या समन्वय समितिले बिहीबार पोखराको चिप्लेढुंगामा एक घण्टासम्म सवारी आवागमन बन्द गरेर… पुरा पढौ