आर्थिक 📈

नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं, १६ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा केहि सुधार भएको देखिए पनि बजार बन्द हुँदाको समयमा भने सकारात्मक बन्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा दोहोरो अंककोगिरावट भएको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २०१९.७३ झरेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स भने १.०८ अंकले घटेर ३८१.९३ विन्दुमा रहेको छ । यसदिन कुल २६२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ

ल्यापटपको प्रयोग बढ्दो, ७ महिनामा साढे ३ अर्बको आयात

काठमाडौं, १६ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ३ अर्बभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका ३३ देश तथा नाम नखुलेको एक स्थानबाट ३ अर्ब ६० करोड २ लाख ९० हजार रुपैयाँ बराबरको ५४ हजार २०३ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई यो अवधिमा ४७ करोड १३ लाख ८० हजार रुपैयाँ… पुरा पढौ

नेपालबाट थप बिजुली किन्दै भारत

काठमाडौं, १६ फागुन । भारतले नेपालबाट थप बिजुली खरिद गर्ने भएको छ । यसका लागि हालै नेपाल विद्युत प्राधिकरणले ५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्न ४ जलविद्युत आयोजनाको नाम भारत पठाएको छ । हालसम्म प्राधिकरणले दैनिक विद्युत बजार (डे-अहेड मार्केट) को आधारमा बिजुली बिक्री गर्दै आएको छ । यसै प्रसंगमा प्राधिकरणले ५ वर्षका लागि ती ४ आयोजनाको बिजुली बिक्रीका लागि नाम पठाएको बताइएको छ । प्राधिकरणले नाम पठाएका आयोजनामा ८६ मेगावाटको सोलुखोला (दुधकोसी), ३६ मेगावाटको अपर बलेफी, २२… पुरा पढौ

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

काठमाडौं, १६ फागुन । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ यथावत्

काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेस्रो दिन आज मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा छापावाल सुनमा कुनै फेरबदल नभई तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि यथावत् रहेको छ । तेजाबी सुन आज तोलाको १ लाख १ हजार… पुरा पढौ

तत्काल खरिद प्रक्रिया सुरु नगरे मलखादको अभाव हुने

वीरगञ्ज, १६ फागुन । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा एक लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । चालु आवको साउनदेखि माघसम्ममा ९० हजार… पुरा पढौ

साझेदारी विकास कोषबाट लगानी भएको ऋण उठेन

तुलसीपुर, १६ फागुन । तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन । विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो । यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भए पनि नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो । त्यो कोषको रकमबाट विसं २०६५ देखि ऋण लगानी भए पनि उठेको छैन । तत्कालीन अवस्थामा नगरपालिकालाई रु ६८ लाख हस्तान्तरण भएको थियो । तर अहिले रु ६६ लाख १९ हजार सात सय ३४… पुरा पढौ

लगानी बोर्ड र एडीबीको सहकार्यमा सार्वजनिक-निजी साझेदारी प्रशिक्षण शुरु

काठमाडौं, १५ फागुन । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ । “सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, १५ फागुन । नेप्सेमा गईरहेको आर्थिक सूचकांकहरुको पहिरो रोकिएको छैन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले घटेर ३८३ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहरुमध्ये ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको… पुरा पढौ

७ महिनामा पेट्रोलियम पदार्थका लागि बाहिरियो पौने २ खर्ब

काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा पौने २ खर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ७ महिना अर्थात् साउनदेखि माघ मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो परिस्थिति देखाएको हो । यो अवधिमा नेपालमा १ खर्ब ७० अर्ब ४४ करोड ९७ लाख २१ हजार बराबरको ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल, १ लाख २ हजार ९९२ किलोलिटर… पुरा पढौ