आर्थिक 📈

व्यवसायमा प्रोत्साहन गर्न ३६ कृषकलाई पुरस्कार

रामपुर (पाल्पा), ८ फागुन । कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो । रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । तरकारी बाली, फलफूल बाली, मसला बाली, जरे बाली, पुष्प बाली, खाद्यान्न बाली, व्यावसायिक च्याउ खेती, बोकापालन, बाख्राको खोर व्यवस्थापन, बङ्गुरपालन, गाईभैँसीपालनमा विधा तोकेर उत्कृष्ट कृषकलाई पुरस्कृत तथा… पुरा पढौ

यस वर्ष पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत, ८ फागुन । पर्वतकाे मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ यथावत्, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ यथावत् रहेको छ । आज तेजाबी र छापावाल सुन तथा चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन पनि तोलाको १ लाख… पुरा पढौ

भूगोल इनर्जिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ८ फागुन । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आजदेखि सेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ । प्रतिसेयर रु १०० काे दरले ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि निष्काशन गरेकाे हो। अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थायीवासिका लागि २ लाख ७२… पुरा पढौ

विश्वमै लोपोन्मुख ‘मल्लागिरि’ को उत्पादनमा गिरावट

तुलसीपुर, ८ फागुन । विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला 'मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए। “विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थियौँ”, उनले… पुरा पढौ

रु एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

बेनी, ८ फागुन । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरे। आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन,… पुरा पढौ

च्याउबाट बोगटीकाे ५० लाख आम्दानीको लक्ष्य

बेलबारी (मोरङ), ७ फागुन । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त हुन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन्। विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका हुन… पुरा पढौ

खुल्यो उत्तरी नाका, सामान आयात-निर्यात चालु

काठमाडौं, ७ फागुन । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुन थालेको हो । चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी… पुरा पढौ

उकालियो सुन र चाँदी दुवैको भाउ

काठमाडौं, ७ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ७ सय रुपैयाँले बढेर तोलाको १ लाख २ हजार… पुरा पढौ

‘ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका २०७९’ जारी

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ । अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय… पुरा पढौ