आर्थिक 📈

प्रि-ओपन सेसनमा १ अंकले घट्यो नेप्से

काठमाडौं, ४ फागुन । साताको अन्तिम कारोबार दिन आज बिहीआारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से १३.९० अंक घटेर २०९१.५६ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने परिसूचक १.०८३ अंक घटेर २०९०.४९ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०१ अंकको गिरावट आएको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको २ लाख ३९ हजार ६५३ रुपैयाँ बराबरको ४५५ कित्ता सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

सुनचाँदीको भाउ घट्ने क्रममा निरन्तरता

काठमाडौं, ४ फागुन । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावटले निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । यसदिन छापावाल सुनमा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

स्वावलम्बन लघुवित्तको पदपूर्ति अघि नबढाउन अदालतको आदेश

काठमाडौं, ४ फागुन । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले सात जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्ने फैसला गरेको विषयमा उक्त संस्थाले पुनःबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । उक्त संस्थाका कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर… पुरा पढौ

३ महिनापछि मूल्यवृद्धि १० प्रतिशत पुग्ने: सर्वेक्षण

काठमाडौं, ३ फागुन । अबको ३ महिनापछि मूल्यवृद्धि १० प्रतिशत पुग्ने एक सर्वेक्षणले देखाएको छ । हालै नेपाल राष्ट्र बैंकले गरेको उपभोक्ता सर्वेक्षणमा अबो ३ महिनामा १० प्रतिशत र १ वर्षपछि १२ प्रतिशत पुग्ने अनुमानित निष्कर्ष आएको हो । हालै नेपाल राष्ट्र बैंकले,आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरी नतिजा सार्वजनिक गरेको हो । यो सर्वेक्षण गत पुस २४ देखि ३० गतेसम्म ६० वटा बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको हो । सर्वेक्षणमा २ हजार १०… पुरा पढौ

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी सुरु

काठमाडौं, ३ फागुन । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज शुभारम्भ गर्दै नेपालले निर्यात गर्न सक्ने सम्भावना रहेको जुत्ता तथा चप्पल उद्योगलाई आधुनिक प्रविधिको प्रयोगबाट थप व्यावसायिक बनाउँदै लानुपर्नेमा जोड दिइन् । “नेपाली कच्चापदार्थ  प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ… पुरा पढौ

नेप्सेको ओरालोको यात्रा यथावत्, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, ३ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले सन्तुष्ट हुन नसकेपछि लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा फर्किएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घटेर ४००.१४ विन्दुमा रहेको छ । यसदिन कुल २५६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख १५ हजार… पुरा पढौ

स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउने प्रस्ताव संसदमा

काठमाडौं, ३ फागुन । स्रोत खुलाउन नसकेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने प्रस्ताव संसदमा पेश गरिएको छ । आज प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको हो । उक्त विधेयकमा स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने व्यवस्था गरिएको कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बताएका छन् । मन्त्री प्रधानका अनुसार स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा राज्यले कर निर्धारण गर्ने प्रस्ताव गरिएको हो । यस्तो… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

काठमाडौं, ३ फागुन । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार यो परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से ०.४३ अंक घटेर २१०५.०३ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०९ अंकको गिरावट आएको छ । आज बुधबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १ लाख ५१ हजार ३११ रुपैयाँ बराबरको ३२० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २… पुरा पढौ

एशियन हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३ फागुन । एशियन हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेकाे छ । जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरबाट ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि रहेकाे छ । ४२ हजार कित्ता सामूहिक… पुरा पढौ

लगातार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ फागुन । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ