आर्थिक 📈

निगमको कारोबार लगानीमा आधारित हुनुपर्छ: सचिव मरासिनी

काठमाडौं, २६ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रह गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, “विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।” आज नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले पेट्रोल पम्पहरुलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गरे । आफू… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, साढे ७ अर्बको कारोबार

काठमाडौं, २६ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारको केही दिनदेखिको उकालोको यात्रामा ब्रेक लागेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेको आजको ओरालोको यात्राले लगानीकर्तालाई फेरि नकारात्मक लयमा जान्छ कि भन्ने शंका उब्जाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ । नेप्सेमा ०.९७ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा पुगेको छ । यसदिन कुल २५४ कम्पनीको सेयर कारोबार भएको छ ।… पुरा पढौ

प्रि ओपन सेसन: कति अंकले बढ्यो नेप्से ?

काठमाडौं, २६ पुस । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा साढे ३ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार ४७.१५ अंक बढेर २२११.७६ विन्दुमा बन्द भएको नेप्से, आजको यो सेसनमा ३.५८ अंक बढेर २२१५.३४ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.०९ अंकको बढोत्तरी भएको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा ३६ वटा स्टकको ३६ लाख ३७ हजार ७८६ रुपैयाँ ४० पैसा बराबरको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यी मध्ये… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलाको रुपैयाँ ४ सयले… पुरा पढौ

बजेट अभावले पोखरा रङ्गशालामा जडान भएन ‘फ्लड लाइट’

पाेखरा, २६ पुस । अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ छैन । ठूलो धनराशि खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ । ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ । सोह्र हजार पाँच सय दर्शक क्षमताको स्तरीय रङगशाला भइकन पनि बत्ती जडान नहुनुलाई खेल क्षेत्रका पदाधिकारीले दुर्भाग्यका रूपमा लिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बजेट अभावमा बत्ती… पुरा पढौ

‘हनिट्रयाप’मा पारेर ५ करोड फिरौती माग्ने गहतरा कारागार चलान

तुलसीपुर, २६ पुस । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर ५ करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएकोसमेत भएको जनाइएको छ । हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको… पुरा पढौ

पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौं, २६ पुस । सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिकालाई सामाजिक सुरक्षामा समेट्ने योजना सरकारले बनाएको छ । स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा विस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गर्ने भएको छ । श्रमजीवीको तथ्याङ्क दुरुस्त राख्ने… पुरा पढौ

बढ्दैछ सेयर बजारमा चहलपहल, नेप्से पुग्यो २२११.७६ विन्दुमा

काठमाडौं, २५ पुस । आज पनि सेयर बजारको उकालोको यात्रा अझैं माथि गएको छ । यो सजिलै २२११.७६ विन्दुमा उक्लिएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्से परिसूचक अर्धशतकको नजिक पुग्यो अर्थात नेप्सेमा ४७.१५ अंकले बढेर २२२१.७६ विन्दुमा पुगेको हो । नेप्सेमा २.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स पनि ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुगेको छ । यसदिन एउटा मात्र उपसमूह होटल तथा पर्यटन उपसमूहमा रातो लागेको छ अर्थात सेयर घटेको छ । अन्य सबै १२ वटै… पुरा पढौ

६ महिनामा ११ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, २५ पुस । नेपालमा पुँजीगत खर्च अर्थात् विकासे बजेटको अवस्था निराशाजनक देखिएको छ । नयाँ आर्थिक वर्ष सुरू भएको ६ महिना सुरू हुँदा पनि पुँजीगत बजेट ११ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७९÷८० को पहिलो ६ महिनामा ४२ अर्ब ४५ करोड २२ लाख अर्थात् पुँजीगत अन्तर्गतको कुल बजेटको ११.१६ प्रतिशत बजेट खर्च भएको तथ्यांकले देखाएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ ३ खर्ब… पुरा पढौ

सुन तोलाको १ लाख ३ हजार ९ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २५ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले बृद्धि भएर… पुरा पढौ