स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाउने ४ सय पार, निको हुने ७२ प्रतिशत

काठमाडौं, ३ असोज । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभर १ हजार २ सय ४ जना संक्रमित थप भएको जानकारी दिए । यो सहित देशभर संक्रमित हुनेको कुल संख्या ६२ हजार ७ सय ९७ जना पुगेका छन् । पछिल्लो समय… पुरा पढौ

गण्डकीमा संक्रमित ३४ सय पार, पोखरामा १३ थप

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या शनिबार ३४ सय नाघेको छ । शनिबारमात्रै प्रदेशमा ६६ जना कोरोना संक्रमणका बिरामी फेला परेका हुन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार ४ सय २ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो । जसअनुसार पोखरामा थप १३ जनामा कोरोना संक्रमण देखा परेको छ । तीमध्ये २ महिला र ११ पुरुष छन् । यसैगरी, नवलपुरमा ४५, तनहुँ ३, स्याङ्जा र पर्वत २–२ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य… पुरा पढौ

गण्डकीमा १५ संक्रमित थप

पोखरा, ३ असाेज । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ निर्देशनालयले शनिबार विज्ञप्तिमार्फत प्रदेशका नवलपुर, स्याङ्जा , पर्वत र लमजुङमा गरि ४ जिल्लामा १५ जना काेराेना संक्रमित पुष्टि भएकाे जनाएको हाे। तीमध्ये नवलपुरकै ११ जना छन्। याे सहित कुल संक्रमित संख्या ३ हजार ३ सय ५१ पुगेकाे छ। पुरा पढौ

स्वास्थ्यका लागि फाइदाजनक फल ‘डुरियन’

डुरियनलाई फलको राजा मानिन्छ । यो फल हामीकहाँ पाईने रुख कटहर जस्तो देखिएता पनि यसका भिन्न बिशेषता छन । शक्तिको मुख्य श्रोतको रुपमा लिईने यो फलको ओजन ६०० देखी ७०० ग्रामसम्म हुन्छ । सय ग्राम डुरियन फल खाँदा १४७ क्यालोरी शक्ति प्राप्त हुने भएकोले यसलाई धेरै उपयोगी फलको रुपमा लिइन्छ । जर्मन रिसर्च सेन्टर फर फुड केमेस्ट्रीका अनुसार यसको गन्ध महको या रोस्ट गरिएको प्याजको जस्तो भिन्न खालको हुन्छ । अमेरिकन कृषि बिभागको अनुसन्धान अनुसार यो फलमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर,… पुरा पढौ

गण्डकीमा कोरोनाबाट थप एक जनाको मृत्यु

पोखरा, २ असोज । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो । गएको भदौ २५ मा अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वास तथा मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित ती पुरुषको शुक्रबार बिहान १२ बजेर १८ मिनेटमा उपचार क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले विज्ञप्तिमार्फत जनाएको छ । यो सहित गण्डकीमा कोरोना संक्रमणका कारण… पुरा पढौ

११ संक्रमित थपिँदा गण्डकीमा कुल संक्रमित झण्डै ३३ सय

पोखरा, २ असोज । गण्डकी प्रदेशमा शुक्रबार ११ जना कोरोना संक्रमित थप भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी नवलपुरमा ८, तनहुँका २ र स्याङ्जाका १ गरी ११ जना संक्रमित थपिएको जनाएको हो । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ९१ पुगेको छ । पुरा पढौ

कोरोनाको महामारीमा परिवार योजनाका सेवा प्रभावित

रुपन्देही, २ असोज । कोरोनाको महामारीमा परिवार योजनाका सेवा प्रभावित भएका छन । दैलेख घर भई बुटवल उपमहानगरपालिकाको चाँदवारीमा बस्दै आएकी एक महिलाले परिवार योजनाका विषयमा थाहा नपाउँदा छ महिनाको अवधिमै दुई पटक गर्भपतन गराउनुपरेको सुनाइन । उनले भनिन, दैनिक ज्याला मजदुरीमा जाने गरेका श्रीमान कोरोना भाइरसको महामारीका कारण बेरोजगार भई घरमै बसेपछि गर्भ रह्यो र छ महिनामै दुई पटकसम्म गर्भपतन गराउनुपर्यो । हुर्किसकेका दुई सन्तान पालन पोषण गर्नै गाह्रो परेको बेला थप सन्तान जन्माउने इच्छा उनलाई थिएन । त्यसपछि… पुरा पढौ

जति संक्रमित, त्यति निको: नेपालमा १२४६ संक्रमित थपिँदा १२४३ निको भए

काठमाडौं, १ असोज । नेपालमा गएको २४ घण्टामा जति संख्यामा काेराेना संक्रमित भए, सोही हाराहारीमा निको भएका छन् । बिहीबार १ हजार २ सय ४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा १ हजार २ सय ४३ जना निको भएको जानकारी दिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । देशभरमा सक्रिय संक्रमित १६ हजार… पुरा पढौ

स्वास्थ्यकर्मीको सुरक्षा सरकारले गर्छ : मन्त्री ढकाल

काठमाडौं, १ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सरकारले गर्ने बताएका छन । साथै उनले प्रोत्साहनको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन । स्वास्थ्यकर्मी आफ्नो ज्यानको पर्वाह नगरी उपचारको लागि रातदिन खटिएका छन । उनले भने, स्वास्थ्यकर्मीलाई सम्मानजनक ढंगले काम गर्ने वातावरण सरकारले बनाउँछ, यसका लागि नेपाल सरकार प्रतिवद्ध रहेको छ । दोस्रो विश्व विरामी सुरक्षा दिवसकाे अवसरमा आज शुभकामना सन्देश दिदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका… पुरा पढौ

गण्डकीमा संक्रमित ३२ सय नाघे, पाेखरामा थप ४ फेला

पोखरा, १ असाेज । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्ला सहित थप २३ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। तीमध्ये पाेखराका ४ जना छन्। पाेखरा १५ का २९ वर्षका पुरूष र बागलुङ नगरपालिकाका ४ पुरूष भारतबाट फर्केकाेमा अरू सबै कन्ट्याक्ट् ट्रेसिङ आधारमा काेराेना पहिचान भएका हुन् । याे सहित कुल संक्रमित संख्या ३ हजार २ सय १ पुगेकाे छ। पुरा पढौ