स्वास्थ्य

निर्वाचनमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौं, २७ कात्तिक । निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्डलाइ भने बेवास्ता गरेका छन् । स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन्… पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

बेरुत, २७ कार्तिक । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौं मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि ६ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको… पुरा पढौ

२० करोड लगानीमा सगरमाथा पदमार्गमा बन्यो अस्पताल

फाक्दिङ (सोलुखुम्बु), २६ कात्तिक : खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न… पुरा पढौ

घट्दै कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ३३९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १० जनामा सङ्क्रमण पुष्टि भएको हो । ७३१ जनाको पीसीआर गर्दा ९ जनामा तथा ६०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

विद्यार्थीहरुको सुविधाका लागि महालक्ष्मीमा दन्त शिविर

ललितपुर(लुभू) कात्तिक २५ । सामुदायिक विद्यालय श्रीमहालक्ष्मी उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि एकदिने दन्त शिविर आयोजना गरिएको छ । नेपालको सामुदायिक सहयोग केन्द्रको आयोजनामा बेल्जियमको मेडोरा नामक गैरसरकारी सहयोगमा आयोजित उक्त शिविरमा नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष डा सुभित मास्केको नेतृत्वको १५ सदस्यीय टोलीले अध्यनरत ८०० विद्यार्थीमध्ये २७३ विद्यार्थीको दाँत परीक्षण गरी सामान्य उपचार उपचारसमेत गरेको थियो । थप उपचार गर्नुपर्ने बिरामीलाई भने २५ प्रतिशत छुटमा कृष्ट मेडिकल कलेजमा उपचार गरिने भएको छ । यसअघि बेल्जियमका हाँस्यकलाकारद्वय ज्याक र उर्वेनले गिती… पुरा पढौ

डेङ्गुका बिरामी बढे

काठमाडौं, २४ कार्तिक । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८,… पुरा पढौ

कोरोनाका १६ सङ्क्रमित थपिए, १३ जना डिस्चार्ज

काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ८३७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६१४ जनाको पीसीआर गर्दा ९ जनामा तथा १ हजार २२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर शल्यक्रिया सेवा

काठमाडौं २४ कार्तिक । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, “कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।” के… पुरा पढौ

घटे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार २४९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६३७ जनाको पीसीआर गर्दा ७ जनामा तथा ६१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १२ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

काठमाडौं, २३ कात्तिक । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पू¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा… पुरा पढौ