स्वास्थ्य

इटलीमा कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

इटली, १५ मंसिर । इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ । यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल… पुरा पढौ

झापामा ४ महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

झापा, १५ मंसिर । झापामा ४ महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यो वर्षको साउनदेखि कात्तिकसम्म सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्नेगरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्नेगरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन् । गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण भएको थियो । जिल्लामा हाल ६ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन्… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित घट्ने क्रम जारी

काठमाडौं, १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४३७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३५ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा… पुरा पढौ

रुकुमपूर्वमा पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म

रुकुमपूर्व, ११ मंसिर । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक शल्यक्रियामार्फत शिशुको जन्म भएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत शिशु जन्माइएको हो । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिए । उनको शल्यक्रिया डा. नारायण बरालको टोलीले गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए । “आमा र शिशुको स्वास्थ्य  सामान्य छ”, उनले भने । २०७४ पुस… पुरा पढौ

४ कोरोना सङ्क्रमित थपिए, ३८ जना डिस्चार्ज

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९४० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । ५१२ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ४२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ

निरन्तर घट्दै कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ८१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १० जनामा सङ्क्रमण पुष्टि भएको हो । ८७१ जनाको पीसीआर परीक्षण गरिएकामा १० जनामा तथा ५१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

६ कोरोना सङ्क्रमित थपिए, ३० जना डिस्चार्ज

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९९० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४१२ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा ५७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ

कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

सोल, ८ मंसिर । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् । यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार ३ सयभन्दा बढी… पुरा पढौ

कोरोनाका सक्रिय संक्रमित घट्‍ने क्रममा निरन्तरता

काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत् १ हजार २८६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८९० जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा तथा ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पाइएको हो । उक्त अवधिमा देशभरबाट २० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

म्यानमारमा ६ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

म्यानमार, ६ मंसिर । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा ८ हजार २ सय ७ जनामा  कोरोना  परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९  प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार ४ सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार… पुरा पढौ