अन्तर्राष्ट्रिय 🗺

युट्युबमा पनि राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन

वासिङ्टन, २९ पुस । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि… पुरा पढौ

चीनले लगायो झण्डै १ कराेड डोज कोरोना खोप

पेचिङ, २९ पुस । गत वर्षको डिसेम्बर १५ तारिखदेखि चीनले प्राथमिकतामा राखेको समूदायहरुलाई कोरोना खोप लगाउन थालेको छ। अहिलेसम्म करिब ७५ लाख डोज खोप लगाइएको छ, यसका अतिरिक्त, पहिले उच्च जोखिममा रहेका समूदायहरुलाई १६ लाख डोज खोप लगाइएको थियो, जसबाट चीनले कूल ९० लाख डोजभन्दा बढी कोरोना खोप लगाएको छ। खोप लगाउने कार्यमा चीनले लगाउने ठाउँको व्यवस्थापन, लगाउने कर्मचारीको तालिम र साइड इफेक्टको अनुगमन सम्बन्धी अनेकन पूर्ण व्यवस्थाको स्थापना गरी खोप लगाउने कार्यको सुरक्षालाई प्रत्याभूति दिएको बताइएकाे छ। चीनको राष्ट्रिय… पुरा पढौ

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

टोकियो, २८ पुस जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेकाे पनि अधिकारीहरुले जानकारी गराएका छन् । हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेकाे राजधानी टोकियोबाट प्राप्त भएको समाचारमा जनाइएको छ । टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु… पुरा पढौ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ४ लाख ७९ हजार बढी

नयाँदिल्ली, २८ पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको… पुरा पढौ

राष्ट्रपतिलाई “बोल्न निषेध गर्दै” अमेरिकी “वाकस्वतन्त्रता”

पेचिङ, २८ पुस । “व्यक्ति बाँचेतापनि बोल्ने अधिकार हरायो”, “हिंसात्मक गतिबिधिको प्रचार-प्रसार”का कारण अमेरिकी नेताका धेरै सामाजिक सञ्जाल बन्द गरिएको कुरा उनका लागि निसन्देह एउटा दु:खलाग्दो कुरा हो। यो भन्दा अझ लाज लाग्ने कुरा के हो भने तथाकथित “स्वतन्त्र रुपमा बोल्नसक्ने” अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा स्वतन्त्र रुपमा बोल्ने अधिकार समेत खोसिएको छ। अमेरिकी नेताले सामाजिक सञ्जालमा हिंसात्मक गतिबिधिको प्रचार-प्रसार गरी अमेरिकी कानुन र सामाजिक सञ्जालको नियममाथि उल्लंघन गर्नुभएको हुनाले उनको सामाजिक सञ्जाल बन्द गरिएको कुरा केही मान्छेले औँल्याएका छन्। यो… पुरा पढौ

कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण

बेइजिङ, २७ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन पुग्ने भएका छन् । चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।… पुरा पढौ

भारतमा शनिबारदेखि सर्वसाधारणलाई कोरोना खोप लगाउने

नयाँदिल्ली, २७ पुस । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक… पुरा पढौ

प्रजातान्त्रिक प्रकाशस्तम्भ ध्वस्त हुँदै

पेचिङ, २७ पुस । केही दिनअघि वाशिंटनस्थित अमेरिकी सभाभवनमा हिंसात्मक गतिविधिले प्रवेश गरेको छ। यसबाट अमेरिकी मिडिया लगायत अन्तर्राष्ट्रिय जनमत चकित भयो। उनीहरूले प्रकाशित गरेको समाचारअनुसार, यो हिंसात्मक घटनाबाट अमेरिकी समाजको गम्भीर ध्रुवीकरण भएर अमेरिकी समाजका विभिन्न समूहबीचको अविश्वासलाई अझ बढाउने र अमेरिकी राजनीतिक व्यवस्था कमजोर पार्ने देखिएको छ। एउटा कार्टुन चित्रमा एकजना सुन्दर राजकुमारीसँग जादु गर्ने क्षमता छ। उनको ऐनाबाट जहाँ लुके तापनि भेट्टाउन सकिन्छ। राजकुमारीले अरू मान्छेसँग शर्त राखिन्। जो राजकुमारीले देख्न नसक्ने ठाउँमा लुक्न सक्छ, उसैसँग विवाह… पुरा पढौ

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

लन्डन, २६ पुस । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ । बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस… पुरा पढौ

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

सियोल, २६ पुस । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताए । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताए । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा… पुरा पढौ